Tuesday, January 26

आमालाई सम्झिदै नायिका ऋचा शर्माले लेखिन यस्तो मार्मिक स्टाट्स

January 3, 2021 71

काठमाडौं, नायिका ऋचा शर्माले आफ्नी आमाको पहिलो वार्षिक पुण्य तिथीमा निकै भावुक स्टेटस लेखेकी छिन् । आमालाई स्मरण गर्दै उनले आमा बिना बाँ’च्नु पर्दाको भावना पोखेकी छिन् । आइतबार आफ्नो फेसबुक स्टेटसमा ऋचाले लेखेकी छिन्, ‘आमा बि’त्दा मेरो सानो संसार एकाएक भ’ताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भ’त्कियो । मलाई राम्ररी थाहा छ – त्यो कुनो म बाँचुन्चेज कहिल्यै भरिनेछैन अब ।’उनले आमालाई घर भनेकी छिन् । त्यो, घर जसले हामीलाई एकपटक जन्म र जीवनभर ओ’त दिन्छ ।

उनी लेख्छिन्, ‘जीवन दिनेहरु ईश्वर हुन् । मेरी ईश्वर मबाट टाढा गएको आज एक वर्ष भयो । उहाँ गएपछि मेरो जीवनले ओ’त गु’मायो । अर्थ गु’मायो । मैले मेरी शीरमाथिको ब्र’ह्माण्ड गु’माएँ ।’आमाबीनाको जीवनलाई उनी परिभाषा गर्दै लेख्छिन्, ‘उहाँबिनाका यी ३६५ दिन मेरो जीवनको एउटा रित्तो पाना हो, जसमा अक्षर र वाक्य छन् तर अर्थ र आत्मा छैन ।’अ’न्त्यमा उनले आफू विगत एक वर्षदेखि आमाको मायाको भोको भएको बताएकी छिन् । उनी लेख्छिन्, ‘आमा ! सन्तानहरु मायाका भोका हुन्छन् । म एक वर्षदेखि भोको छु र यो भोक जीवनभरी मेटिनेछैन ।’

प्रतिकृया दिनुहोस्