Monday, January 25

बिहेपछि फोटो खिचेकोमा यसरि अफ्ठेरोमा परे यो जोडी (तस्विर सहित)

January 4, 2021 224

बिहेपछिका आफ्ना विशेष तस्बिरहरूबारे सामाजिक सञ्जालमा ती’व्र आ’लोचना भएपनि ती तस्बिर नहटाउने भारतीय जोडीले बीबीसीलाई बताएको छ। ती तस्बिर हटाउनु भनेको आफूहरूप्रति दु र्व्यव हार गर्नेहरूलाई ब’ल पुर्‍याउनु उनीहरूको तर्क छ एक भारतीय जोडीले बिहे गरेपछि खिचाएका आ’त्मीय तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए, त्यसपछि सामाजिक सञ्जालमा त्यसको ती’ब्र आ’लोचना (ट्रो’ल) गरिएको थियो।

तस्बिरहरूमा लक्ष्मी र हृषी कार्थिक सेतो सिल्कको ओढ्नेमा बे’रिएर घना चियाबारीमा हाँस्दै, अँगालो मार्दै र एक अर्कासँग लुकामारी खेलेको देखिन्छ। सानो समारोह गरेर बिहे गरेको यो जोडीले आफ्नो सामान्य बनाउनुपरेको बिहेको बदलामा फोटोशूट गरेर त्यसलाई ‘स्मरणीय’ बनाउन चाहन्थे।

आफ्नो गृहनगर केरलामा रहेकी लक्ष्मीले फोनबाट बीबीसीसँग भनिन्, “हाम्रो मागी तथा प्रेम विवाह हो।” “हाम्रा परिवारले हामीलाई परिचय गराइदिएपछि हामीले एक अर्कालाई प्रेम गर्न थाल्यौँ,” उनले भनिन्। हृषी टेलिकम कम्पनीमा काम गर्छन् र लक्ष्मीले इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङ डिग्री भर्खर सकेकी छन्।

प्रतिकृया दिनुहोस्