Video

शुष्माको विवादले भरिएको फिल्मी यात्रा यस्तो छ : प्रेमसम्बन्ध देखि सलमान खानसँगको भेट (भिडियो हेर्नुस्)

काठमाडौं । नेपाली हट नायिका तथा मोडल शुष्मा कार्की प्राय मिडीयामा निकै चर्चाको बिषय बनेर आउने गर्छीन् । उनको कामनै एकातिर चर्चाको बिषय हून्छ भने अर्कातिर उनको हट अवतार पनि चर्चाको विषय बन्छ । कहिले उनी कसैसंगको सम्बन्धका कारण चर्चामा आउँछिन् भने कहिले कसैप्रति लक्षित अभिब्यक्तिले चर्चामा आउँछिन् । पछिल्लो समय उनी नायीका पुजा शर्मासंगको विवादका कारण चर्चामा आएकी छन् हुन् त शुष्मा र पुजाको सम्बन्ध विगत दुई वर्ष देखि त्यती राम्रो छैन । बोलचाल बन्द भएका दुई नायीका सार्वजनिक कार्यक्रममा भेट हुँदा पनि बोल्दैनन् । एक अर्कालाई नचिनेझै गर्छन ।

२०४१ फागुन ३ गते प्रेम दिवसका दिन बर्दियामा जन्मिएकी हुन् । उनको बाल्यकाल बर्दियामै वितेको हो । उनी सानैदेखि निकै मायालु स्वभावकी भएको र मनमा भएको कुरा प्रष्ट बोल्ने स्वभाव सानै देखि थियो । परिवार नै काठमाडौंमा वसाई सरेपछि उनी पनि परिवारसंगै काठमाडौं आएकी हुन् । उनलाई फेसन तर्फ रुचि भएका कारण काठमाडौं आएपछि म्युजिक भिडियो, फेसन शो र टेलिभिजनमा प्रस्तोताको रुपमा पनि काम गर्न थालिन् । चलचित्र मेरो एउटा साथि छ भन्ने चलचित्रमा उनलाई अफर आयो । शुदर्शनले उनलाई सो फिल्ममा अफर गरेका थिए ।

सुदर्शनसंग उनको प्रेम सम्बन्ध पनि रहेको बताइएको छ । उनको फिल्म हिट भएपछि उनलाई अरु फिल्मको पनि अफर आउन थाल्यो । दोस्रो फिल्म भने त्यती सफल भएन । सुदर्शनले के यो माया हो भन्नेमा खेलाए यो उनको तेस्रो फिल्म थियो । यो चलचित्र पनि सफल भएन । त्यसपछि मेरो लभस्टोरीमा उनले शुष्मालाई नै लिए तर त्यो पनि सफल भएन ।

शुष्मा र सुदर्शनको प्रेम छुट्नुमा पुजा शर्मालाई लिइन्छ । शुष्मालाई खेलाउँदै आएका सुदर्शनले पुजालाई लिन थाले त्यसपछि शुष्मा र पुजाको सम्बन्ध विग्रियो । उनले आइटम डान्स गरेको २ वटा चलचित्र निकै चले पछि उनलाई चलचित्र विन्दासमा अफर आयो । त्यो फिल्ममा अभिनय गर्नु अघि उनले छातीमा ट्याटु खोपेकी थिइन् । सो चलचित्रमा उनले निकै वोल्ड अवतार देखाएकी छन् ।

यो फिल्म पनि निकै चल्यो तर चलचित्रवाट भने शुष्माले निकै आलोचना खप्नु परेको थियो । तस्बिरको पोष्टरमा निकै भल्गर तस्बिर राखिएपछि उनले आलोचना खप्नु परेको थियो । सुदर्शन पछि निरन श्रेष्ठसंग प्रेम सम्बन्धमा रहेको बताइन्छ । उनलाई निरनसंग लिभिगं टुगेदरमा पनि बसेको बताइन्छ । तर शुष्माले निरनको परिवारसंग बसेको बताएकी थिइन् । तर उनीहरुको त्यो प्रेम सम्बन्ध पनि लामो समय टिक्न सकेन । उनीहरुको सो प्रेम सम्बन्धका बारेमा मिडियामा निकै चर्चा भएको थियो ।

Related Articles

Back to top button
Close