News

उदयरपुरमा आज फेरि ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

कोरोना भाइरसबाट उच्च जोखिममा रहेको उदयपुरका फेरि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित भेटिएकाहरु भुल्केकै रहेका छन् ।

कोरोना संक्रमणको आशंकापछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाबको परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो। योसँगै अब संक्रमितको संख्या ४५ पुगेको छ। कोरोनाग्रस्त उदयपुरलाई सरकारले सिल गरिसकेको छ।

यी ३ जनामा पुष्टि भएसँगै उदयपुरमा मात्रै संक्रमित हुनेको संख्या २७ पुगेको छ। देशभरका संक्रमित ४५ मध्ये ५ जना निको भई घर फर्किसकेका छन्।

Related Articles

Back to top button
Close