Tuesday, January 26

कोरोना विरुद्धको खोप लगाउन आएका युवकले नर्सलाई विवाहको प्रस्ताव राख्दै औंठी लगाइदिए, भिडियो भाइरल भयो (भिडियो हेर्नुस्)

January 4, 2021 81

एजेन्सी । कोरोना विरुद्धको खोप लगाउन आएका एक पुरुषले नर्सलाई विवाहको प्रस्ताव राखेका छन् । उनको प्रस्ताव स्वीकार गरेका नर्सलाई तत्काल औंठी लगाइदिएका छन् । अमेरिकामा यो घटना भएको हो । दुवै जना पुरुष हुन् । कोरोनाको खोप लगाउन पुगेका एक युवकले पुरुष नर्सलाई एउटा अनौंठो सरप्राइज दिएका छन् ।

वास्तवमा, ३१ बर्षे मेडिकल सहायक रोबी वर्गास कोर्टेस र पेशाबाट नर्स एरिक भर्डरली पाँच वर्ष देखि प्रेममा थिए । । कोर्टेसले खोप केन्द्रमा पुग्नु अघि नै विवाहको प्रस्ताव गर्ने योजना बनाएका थिए । खोप लगाउनु अघि नै उनले पुरुष नर्सलाई विवाहको प्रस्ताव राखे । पुरुष पुरुषबीचको यो जोडीको विवाह प्रस्ताव अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

कोर्टेसको संयुक्त राज्य अमेरिकाको दक्षिण डकोटाको एउटा अस्पतालमा खोप लगाउने अपोइन्टमेन्ट पाएका थिए । उसलाई थाहा थियो कि उनको प्रेमी पनि खोप लगाउने काम गर्छन । यस कारणले, उसले खोपको दिनमै प्रेमीलाई छक्क पार्ने निर्णय गरे।

सीएनएनको रिपोर्ट अनुसार पुरुष नर्स एरिक भर्डरलीलाई उनको प्रेमीले खोप केन्द्रमा प्रस्ताव राख्न लागेको थाहा थिएन। तर वर्डर्लीले तुरुन्तै विवाहको प्रस्ताव स्वीकार गरे । वर्डेर्लीले त्यसपछि आफ्ना प्रेमीलाई खोप लगाइदिए ।

प्रेमीको प्रस्ताव र कोरोना खोप लगाएको १० मिनेट पछि, कोर्टेस पनि ड्युटीमा गए । उनलाई इमरजेन्सीका लागि भन्दै फोन आयो । सानफोर्ड हेल्थ सेन्टरले फेसबुकमा दम्पतीको विवाह प्रस्तावको भिडियो पोस्ट गरेको छ जुन अहिले भाइरल भएको छ।

कोर्टेसले तीन वर्ष अघि नै औंठी तयार पारेका थिए । तर उनी एउटा विशेष अवसर खोजिरहेका थिए। दम्पतीले यो पनि बताए कि उनीहरू महामारी समाप्त भए पछि मात्र विवाह गर्ने छन्।

प्रतिकृया दिनुहोस्