Tuesday, January 26

पानीमुनि गएर प्रेमिकालाई विवाहको प्रस्ताव राख्ने युवक सधैका लागी पानी भित्रै अ’स्ताए !

January 4, 2021 88

एजेन्सी। अमेरिकाका स्टिभ वेबरले आफ्नी प्रेमिका केनेशा एन्टोइनलाई पानीमुनि गएर विवाह प्रस्ताव गर्ने क्रममा मृ’त्युवरण गरेका छन् । छुट्टी मनाउनका लागि तान्जानिया पुगेको यस जोडीको सबभन्दा खुशीको पल दुः’खमा परिणत हुन पुग्यो । पेम्पा टापुबाट केही पर मान्टा रिजोर्टमा एक जलमग्न क्याबिनमा उनीहरू बसिरहेका थिए। वेबरले पानीमुनि गएर प्रेमिकालाई ‘मसँग बिहे गर्छ्यौ ?’ भनी सोधे ।

वेबरकी प्रेमिका केनेशाले फेसबूकमार्फत उनको मृ’त्युको खबर सार्वजनिक गर्दै लेखिन्, ‘उनी गहिराइबाट बाहिर आउनै सकेनन् ।’ मान्टा रिजोर्टले अत्यन्तै दु’र्भाग्य’पूर्ण घट’ना भएको बतायो । उसले भन्यो, ‘बिहीवार दिउँसो कोठाबाट निस्केर एक्लै उनी गोताखोरी गर्न निस्किए अनि डु’बे । उनको मृ’त्युपछि हामीहरू भित्रैसम्म ह’ल्लिएका छौं।’

प्रेमी जोडीले रिजोर्टमा चार रातका लागि अन्डरवाटर रूम बूक गरेको थियो । यसमा एक रातको भाडा १७ सय डलर पर्छ र यो पानीभन्दा ३२ फीट तल छ । रिजोर्टमा बसेको तेस्रो दिनमा दुर्घट’ना भएको थियो । लुइजिनियाका वेबरले प्रेमिकासमक्ष विवाह प्रस्ताव राख्न पानीमा गोता लगाएका थिए । उनले आँखामा पानीभित्र उपयोग गरिने चश्मा भिरेका थिए र पाइतालामा फ्लिपर्स पनि लगाएका थिए।

उनले लुगाबाट औंठी निकालेको केही क्षणपछि नै उनको मृ’त्यु भयो । रिजोर्टका सीईओ म्याथ्यु सोसले पानीमा गडबडी भएको विषयमा स्टाफले तत्कालै प्रतिक्रिया दिएको तर त्यहाँ पुग्दासम्म वेबरको मृ’त्यु भइसकेको बताए।

प्रतिकृया दिनुहोस्