Tuesday, January 19

३ महिना देखि हराईरहेकी कमला र श्रीमानको भयो भेट, जे भयो भयो हिंड घर जाऊँभन्दा मानिन् कमला, आखिर किन ? यस्तो रहेछ कारण (भिडियोसहित)

January 4, 2021 85

दाङ्ग । विगत तीन महिना अघिदेखि हराई रहेका जोडीको भेट भएको छ । श्रीमान भारतमा काम गर्न गएको बेला श्रीमती कमला भने घर छाडेर गएकी थिईन् । उनी आफ्नो सन्तानलाई बिचल्ली बनाएर किन घर छाडेर गएकी थिइन् भन्ने कुरा उनले खुलेर भनेकी छैनन् । उनले घर छाड्नेबेला उनका श्रीमान जीवराज घरमा थिएनन् । श्रीमान घरमा नभएको बेला आफ्ना दुई सन्तानलाई चट्क्कै छाडेर घर छाडेर गएकी थिईन् कमला ।

घर छाड्नुको कारण सोध्दा काम गर्न काठमाण्डौ गएको बताउँछिन् उनी । काम गर्न गएपनि श्रीमानसंग सल्लाह गरेर गएको भए हुन्थ्यो नी भन्दा सोध्ने मौकै नमिलेको बताउँछिन् कमला । उता श्रीमान जीवराज भने श्रीमतीले घर छाडेको कुराले आफु भारतमै भएको बेला निकै नै चिन्तित भएको बताउँछन् । उनले भने,‘भोली केही भईहालेको भए त मलाई आउँथ्यो दोष । त्यसैले म निकै नै आत्तिएको थिएँ । ’ जे भएपनि यतिबेला जीवराज र कमलाको भेट भएको छ ।

विगत तीन महिनादेखि सम्पर्क बिहीन भएकी श्रीमतीलाई जे भयो भयो अब घर जानु पर्छ भनेर जीवराज भन्दा कमला भने घर जान मानिन् । न उनले घर जान मानिन् न त उनले श्रीमानलाई साथ दिने कुरा स्वीकर नै गरिन् । झगडा बिना नै श्रीमती कमलाले देखाएको उक्त व्यवहारप्रति जीवराज निकै नै चिन्तित देखिए । कमला भने कुनै पनि हालत आफु अब जीवराजको घरमा नजाने बताईन् । यति मात्र नभई उनले आफ्ना बालबच्चालाई पनि जीवराजसंग नछाड्ने बताईन् । भिडियोसहित

प्रतिकृया दिनुहोस्