Saturday, January 23

अत्यन्त दुखत खबर !! सुर्खेत आउँदै गरेको पूर्वराज्यमन्त्री सवार गाडी बर्दियामा दु’र्घटना हुँदा पाँचजना ..

January 4, 2021 140

बाँकेको नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको पूर्वराज्यमन्त्री सवार गाडी बर्दियामा दुर्घटना हुँदा पाँचजा घा’इते भएका छन् ।

पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार साह सवार बा २१ च ४७४६ नम्बरको गाडी सोमबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका–१, मौरीखोला र उन्तिसखोलाको बीचमा दु’र्घटना भएको हो ।

दुर्घटनामा पूर्वराज्यमन्त्री साहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका–२ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घा’इते भएको प्रहरीले जनाएको छ ।

चालक भण्डारीको कोहलपुर मेडिकल कलेजमा र पूर्वराज्यमन्त्री साहसहित अरू चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरी चौकी चेपाङका प्रहरी नायब निरीक्षक जयप्रकाश भट्टले बताए ।

भट्टका अनुसार घा’इतेहरूको अवस्था ख त रा मुक्त रहेको छ । गाडी सडकदेखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्