News

वैशाखमै बाढी चल्यो- लकडाउनले बजार नपाएकाे तरकारी खेती बगाएर लग्याे !

बेलाैरी, १६ वैशाख । तराई तथा पहाडी जिल्लामा मेघगर्जनसहित परेको पानीले खाेलानाला र नदी बढेर अचानक बाढी आएकाे छ । वैशाखमै बाढी चलेपछि कञ्चनपुरका कृषकहरुकाे ‘बगरखेती’ बगाएको छ ।बाढीले कञ्चनपुर जिल्लाकाे दक्षिणी क्षेत्रमा पर्ने दोँदा नदी किनारमा सयौं बिगाहामा लगाइएकाे तरकारी बगरखेती बगाएर लगेको हाे ।कृषकले पसिना चुहाएर बगरमा लगाएको तरकारी बाली टिप्ने समयमा बाढीले बगाएपछि उनीहरू चिन्तित बनेका छन् । साेमबार दिउँसो दाेँदा नदीमा अचानक बाढी आएपछि बगर खेती गर्दै आएका कञ्चनपुरका लालझाडी, बेलाैरी र पुनर्वासका किसानकाे तरकारी बाली बगाएकाे हाे ।

बगरमा तयारी अवस्थामा रहेका काँक्रा, लाैका, फर्सी, बाेडी, प्याज आदि तरकारीबाली सबै बाढीले तहसनहस पारेको कृषकहरू दुखेसो पाेखेका छन् । लकडाउनका कारणा तरकारी बजार लग्न समेत समस्या भएर खेतमै थियाे ।लकडाउनका कारण बजारमा तरकारी बिक्री गर्न नपाएका किसानहरु लकडाउन खुल्ने र बिक्री गर्ने आशैआशमा बसेका थिए । तर गरिब किसानका ती सबै आशहरु बाढीले पसेर सत्यानाश बनायाे ।बिगत दस वर्षदेखि बगरमा तरकारी खेती गर्दै आएका बेलाैरी नगरपालिका- ५ भकुण्डाका किसान रामकिसन चाैधरीले पाँच कठ्ठामा लगाएकाे तरकारी बाढीले बगाउँदा नब्बे हजार बराबर नाेक्सान भएकाे बताए ।

अर्का किसान छाेटेलाल रानाकाे दुखेसाे पनि उस्तै छ । भर्खर बेच्नलाई तयार भएकाे तरकारी सबै बाढीले बगाएकाे बताए ।बाढीले आठ कठ्ठामा राेपेकाे तरकारी बगाएपछि पुनर्वास नगरपालिका १ ढक्काका अर्का किसान जगतराम चाैधरी पनि चिन्तित छन् । करिब एक लाख दस हजार बराबरकाे तरकारी बाढीले बगाएकाे उनी बताउछन् ।लकडाउनका कारण बजारसम्म पुर्याएर बेच्न नपाएका किसानलाई प्रकृतिले समेत धाेका दिएकाे छ । अन्न बाली छाेडेर तरकारी बालीमा राम्राे हुने आम्दानी हुने देखेर दाेँदा नदीकाे बालुवामा बगरखेती गर्ने किसानकाे तरकारी बाली अचानक आएकाे बाढीले बगाउँदा क्षति भयाे । यसरी तरकारी खेती बगाएपछि किसानले सरकारसंग उचित क्षतिपूर्तिको माग गरेका छन् ।

Related Articles

Back to top button
Close