News

सरकारी वकिलको कार्यालयले पनि लिन मानेन सांसद डा. सुरेन्द्र यादवको अ पहरणको उजुरी (भिडियो)

काठमाडौं, १६ बैशाख । अ पहरणको मुद्दा लिएर जनता समाजवादी पार्टी, नेपालका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका छन् ।

नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई अ पहरण गरेको भन्दै जनता समाजवादी पार्टी, नेपालले मुद्दा दर्ता गर्न लागेको हो । यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

अ पहरणमा परेका भनिएका सांसद डा. यादव सहित सरकारी वकीलको कार्यालय पुगेका जनता समाजवादी पार्टी, नेपाल का नेताहरुसंग छलफल जारी रहेको छ । तर मुद्दा दर्ता गर्न भने सरकारी वकिलको कार्यालयले स्वीकार नगरेको नेता आङ काजी शेर्पाले जानकारी दिए ।

भिडियो हेर्नुहोस :

https://m.facebook.com/kajikisan.sherpa/videos/320891957246494

Related Articles

Back to top button
Close