News

घरमा बच्चाहरुले आमा आउने बाटो हेरिरहेका छन, तर आमाको अस्पतालमै निधन!

कोहलपुर ।
महाकाली नदीले बगाउँदा गम्भीर घाइते दार्चुलाकी एक महिलाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ । दार्चुलाको महाकाली नगरपालिका–५ गल्फेमा महाकालीले बगाउँदा घाइते हुनुभएका व्यास गाउँपालिका–१ की ३० वर्षीया सपना ऐतवालको कोहलपुरमा उपचारका क्रममा गए राति निधन भएको शिक्षण अस्पतालले जनाएको छ ।

आइतबार बिहान नदीमा बगिरहेका अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पु¥याइएको थियो । दार्चुला अस्पतालले अवस्था गम्भीर भनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत ऐतवाललाई शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । उपचारका क्रममा निधन भएपछि भेरी अस्पताल नेपालगञ्जमा परीक्षणपछि आफन्तले शव घरतर्फ लगेका छन् ।

नदीमा महिला बगिरहेको देखेपछि तत्काल प्रहरीले जिल्ला अस्पताल नजिकैबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले बताउनुभयो । झण्डै एक किलोमिटर बगेकी महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचारपछि थप उपचारका लागि कोहलपुर लागिएको थियो ।

घरमा दुइ बच्चाहरु अहिले आमाको प्रखाइमा हुनुहुन्छ । उंहाका श्रीमान प्रहरीमा जागिरे रहेको खुल्न आएको छ । घरमा रहेको फोहोर खोलामा फालेर हातमा लागेको फोहोर धुने क्रममा ढुङ्गोमा चिप्लिएर उहालाई बगाएको थियो । सपना बगेको घरका परिवारले पनि सुरुमा थाहा पाएनन् पछि प्रहरीले उद्दार गरेर फोन गरेपछि मात्र परिवारमा थाहा भएको थियो । आमालाई नदीले बगाएको खबर थाहा पाएका छोराहरु अहिले आमा फर्कने प्रतिक्षामा छन् तर आमाले भने यो संसार सदाका लागि छोड्नु भएको छ ।

Related Articles

Back to top button
Close