Monday, January 18

अजिङ्गरले चिल निल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियोमा)

January 5, 2021 94

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । अस्ट्रेलियाको एक घर नजिक पोलमा अजिङ्गरले चिल निल्दै गरेको भिडियो भाइरल भएको हो ।

अस्ट्रेलियाको एक घर नजिकै पोलमा अजिङ्गरले चिल निल्दै गरेको भिडियो भाइरल भएपछि धेरैले रुचाएका छन् । शेयर पनि गरिरहेका छन् । घटनास्थलमै घर भएकी महिलाले आफ्नो कुकुरलाई आहार दिने क्रममा त्यो दृश्य देखेर भिडियो खिच्न सफल भएको बताएकी छन् ।

चिललाई आफ्नो चपेटमा पार्न अजिङ्गरलाई करिब डेढ घण्टा समय लागेको उक्त महिलाले जनाएकी छिन् । उनले भिडियोका दृश्य सबै प्रकृतिक रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी हुन् । भिडियो राखेको करिब २० घण्टामै ५२ हजारले हेरेका थिए ।

हेर्नुहोस् भिडियो :

प्रतिकृया दिनुहोस्