। आफुले निकै माया गरेकी प्रेमिकाले बिच बाटोमा थ’प्प’ड हा’ने’पछि प्रेमीको मनमा कस्तो छाप पर्छ होला ? आफ्नो प्रेमिका आँखा अगाडी नै अरुलाई अंगाल्न पुगेको कुन प्रेमीले सहन सक्छ होला ? यस्तै भावना समेटिएको नयाँ गीतमा कलाकार तथा गायक दुर्गेश थापाले निकै मार्मीक अभिनय गरेका छन् ।
कोहलपुरे ठिटो मोहन कुमार खत्री ले “पत्थरको जस्तो मुटु ” बोलको म्युजिक भिडियोमा दुर्गेशको जिवन्त अभिनय देख्न सकिन्छ । सोमबार काठमाण्डौमा एक समारोह बिच उनले आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन ।
मोहन कुमार खत्रीको शब्द, आशाराम गुरुङको संगीत र प्रबिण बेडवालको सुमुधुर स्वर रहेको उक्त गीतमा चर्चित मोडल एवम गायक दुर्गेश थापा स्मृती बलामी र ध्रुव रिजाल ले अभिनय गरेका छन । त्यस्तै संगीत संयोजन बीबी अनुरागीको रहेको छ ।
भिडियोलाई चर्चित हाँस्य कलाकार तथा नेपाली जादुगर भनेर चिनिने शेर बहादुर गुरुङ ले निर्देशन गर्नु भएको छ । छायांकन रविन थापा मगर ,सम्पादन अमृत पन्थी को रहेको छ । यस् भिडियोलाई भ्याली फिल्मस् एकेडेमीले निर्माण गरेको छ ।
बिमोचन कार्यक्रममा चर्चित निर्देशक शिव बिक मोडल दुर्गेश थापा,सुदुरपच्चिमका चर्चित गायक चक्र बम,मिन गुरुङ ,दिपेश गुरुङ,संगीतकार बिकास सिलवाल,रबिन मगर लगायतका ब्यक्तित्वहरु को उपस्थिती रहेको थियो । भिडियोलाई दुर्गेश थापाको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस्