News

थप २ जना कोरोना संक्रमित भेटिएलगत्तै २ गाउँ ‘सिल’

रौतहट । एकैपटक दुुईजनामा कोरोना भाईरसको संक्रमण

भेटिएपछि रौतहटका २ गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले रौतहटका बृन्दाबन नगरपालिका वडा ९ स्थित भुुसहागाँउ र देवाही गोनाही नगरपालिका वडा १ करुनिया गाँउलाई सिल गरेको हो । ती दुई गाउँ सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।दुुबै गाँउमा मानिसहरुको आवतजावतमा प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनको निर्देशन विपरित दुुबै गाँउमा आवत जावत गर्नेलाई कडा कार्यवाही गरिने रौतहटका एसपी रविराज खडकाले चेतावनी दिएका छन् । मंगलवार रौतहटको बृन्दाबन ९ भुुसाहा गाँउका एक २४ वर्षीय युवक र देवाही गोनाही १ का ३५ वर्षीय अर्का युवकको स्वाबथ्रोट जाँचमा कोरोना पोजिटिभ पुष्टि भएको राजधानीस्थित टेकुु अस्पतालले जनाएको छ ।टेकुुको रिपोर्टपछि संक्रमित दुुबैजना युवकलाई थप उपचारका लागी नारायणी अस्पताल वीरगञ्ज पठाइएको स्वास्थ कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।जनकपुरस्थित प्रादेशिक अस्पतालले बृन्दावनका २४ वर्षीय युुवकको स्वाबथ्रोट नेगेटिभ रहेको बताएपछि चन्द्रपुर क्वारेन्टाईनबाट ६ गते युवकलाई घर पठाइएको थियो ।

घर आएलगतै संक्रमित युवक ससुुरालीमा समेत घुुमेर आएको साहले बताएका छन् ।उक्त युुवकको सम्पर्कमा रहेका २४ जनालाई आज चन्द्रपुरस्थित क्वारेन्टाईन पठाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुुुमार महतोले जानकारी दिए । उनी लकडाउनकै अवधिमा चोर बाटो हुँदै भारतको कलकता बाट स्वदेश आएका थिए ।उता, देवाही गोनाहीका संक्रमित युवक गत ६ गते भारतको राजधानी दिल्लीबाट चोर बाटो हुँदै घर फर्केका थिए । उनी फर्केका दिन आफ्नो भरमै बसेर भोलिपल्ट मात्र क्वारेन्टाईनमा आएकाले परिवारको ९ जनालाई पनि संक्रमण भएको आशंकामा क्वारेन्टाईन लगिएको देवाही गोनाही नगरका स्वास्थ संयोजक नागेन्द्र कुुश्वाहाले जानकारी दिएका छन् ।पटक–पटक गरी ३ जनामा कोरोना भाईरसको संक्रमन भेटिएकाले रौतहटमा त्रासक उत्पन्न भएको छ । संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनको पूर्णपालना गर्न समेत जिल्ला प्रशासन कार्यालय रौतहटले अनुुरोध गरेको छ ।

Related Articles

Back to top button
Close