News

दुबईमा आफ्नै जन्मदिनको दिन एक नेपालीको मृ त्यु, परिवार शोकमा

काठमाडौं – दुबईमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारीका ५२ वर्षीय दीपक पराजुली रहेका छन् । उनको दुबईमा आइतबार मृत्यु भएको हो । आइतवार उनको आफ्नै जन्मदिनको दिन मृत्यु भएको हो ।

सामान्य ज्वोरो आएपछि औषधि खाँदै कोठामै बसेका दिपक एक्कासी ढलेका थिए । ढले लगत्तै त्यहाका साथीभाइले उनलाई एनएमसी रोयल अस्पताल लगेका थिए । तर उनको अस्पतालमै मृत्यु भएको जनाइएको छ । १० वर्ष पहिले यूएई गएका उनी ट्रान्सगार्ड सेक्युरिटी कम्पनीमा कार्यरत थिए । उनको श्रीमती र दुई छोरा छन् ।
यो पनि समाचार
काठमाडाैं, १६ वैशाख । छिमेकी राष्ट्र भारतमा को रोना सं क्रमितहरुको संख्या २९ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार बिहानसम्म भारतको को रोना सं क्रमित हुनेको संख्या २९ हजार ४१५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५ सय ६१ जना नयाँ को रोना सं क्रमित थपिएका छन् भने ५८ जनाको मृ त्यु भएको छ । योसँगै भारतमा को रोनाबाट मृ त्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ ।

यसैबीच ७ हजार १ सय ३७ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् । साेमबार बिहानसम्म भारतमा काे राेना सं क्रमितकाे संख्या २७ हजार ८९० थियाे भने मृ त्यु हुनेको संख्या ८ सय ८१ थियाे । विश्वमा को रोना भा इरसबाट सं क्रमित हुनेकाे संख्या ३० लाख ६२ हजार पुगेकाे छ । हालसम्म काे राेना भा इरसबाट ज्या न गुमाउनेकाे संख्या २ लाख ११ हजार ४३३ पुगेकाे छ ।

यो पनि समाचार
काठमाडौं, १६ बैशाख । आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तय नभएको बुझिएको छ । हिजो (सोमबार) राति अबेरसम्मपनि सचिवालय बैठक बोलाउनेबारे कुनै ठोस निर्णय नभएको स्थायी कमिटी सदस्य डा. भीम रावलले जानकारी दिए ।

यद्धपी हिजो बरिष्ठ नेता माधव कुमार नेपालको निवासमा प्रधानमन्त्री केपी शर्मा ओली समूह र नेता नेपाल समूहबीचको छलफलमा सचिवालय बैठक आज बोलाउने भन्नेबारे सहमति भएको कुरा बाहिर आएको थियो । तर, रावलले राति अबेरसम्मपनि उक्त बैठक बस्ने कुनै टुँगो नभएको जानकारी दिए ।

पछिल्लो समय नेकपाभित्र विवाद चर्किँदै गएको छ । प्रधानमन्त्री ओलीविरुद्ध अर्का अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत एकमत देखिएका छन् । कतिपयले यो शक्ति संघर्षले कतै नेकपा फुट्ने त होईन ? भनेरपनि विश्लेषण गरिरहेका छन् ।

Related Articles

Back to top button
Close