International

कोरोनाभाइरससँग निकै बहादुरीका साथ लडिरहेका छन् बालबालिका, तसर्थ स्कूल खोल्नुपर्छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बालबालिकाले कोरोनाभाइरससँग ‘निकै राम्रोसँग सामना’ गरिरहेको बताएका छन् ।

उनले भने, ‘हामीलाई थाहा भएको छ कि बालबालिकाले कोरोनाभाइरससँग निकै बहादुरीताका साथ लडिरहेका छन् त्यसकारण मलाई लाग्छ कि हामीले अब चाँडै नै विद्यालय खोल्नेबारे सोच्नुपर्छ ।

अमेरिकामा वयस्क र वृद्धवृद्धाको तुलनामा बालबालिकामा कारोनाभाइरसको खासै त्यति असर देखिएका छैनन् । यद्यपि, केही संक्रमित बालबालिका अस्पताल भर्ना भएका छन् ।

यसै महिनाको सुरुवातमा ६ महिनाको एक नवजात शिशुको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको थियो ।

Related Articles

Back to top button
Close