Monday, January 25

भक्तपुरमा बत्ती जडान गर्दा गर्दै करेन्ट लागेर एकको मृत्यु, एक घाइते (फोटो सहित)

January 5, 2021 63

भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । बत्ति जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौँ बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिका–१ सल्लाघारी व्यासी सडक खण्डअन्तर्गत इतापाकेमा सडकवत्ती जडान गर्न खम्बामा चढेका मजदुरलाई करेन्ट लागि बेहोस भएको अवस्थामा उद्धार गरिँदै । तस्वीर ःरत्न श्रेष्ठ, रासस
भक्तपुर नगरपालिकामा सडक बत्ती जडान गर्न बोलपत्र पारेको टप्सन इनर्जी सानो भ¥र्याङ काठमाडौँको तर्फबाट काममा खटिएका कामदारले विद्युत्को सिमेन्टको पोलमा सडक बत्तीको मेटलको पोलसहितको बत्ती जडान गर्ने क्रममा पोलमै टाँगिएको नाङ्गो तारमा छुँदा करेन्ट लागेको उहाँले जानकारी दिनुभयो । दिउँसो करिब १ः३० बजे करेन्ट लागेर पोलबाट भुइँमा खसेका मोक्तानको भक्तपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर पठाइएको र पोलमै टाँसिएका बुढाथोकीको भने पोलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्