सामाजिक सञ्जालमा कैयौं भिडियो भाइरल हुन्छन् । केही भिडियो त यस्ता हुन्छन् कि मानिसहरु त्यसलाई देखेर त्रसितसमेत हुन्छन् ।हालै एक यस्तै भिडियो युट्युवमा शेयर भएको छ । जहाँ एक टाउको काटिएका मानिस सडकमा आरामले घुमिरहेका छन यस भिडियोलाई अन्य सामाजिक सञ्जालमा पनि शेयर गरिएको छ । सडकमा निकै ट्राफिक भए पनि यी व्यक्ति बिना टाउको आरामले बाटो काटिरहेको देख्न सकिन्छ । उनले ज्याकेट लगाएका छन् भने टाउको देखिँदैन । हातमा रातो रंगको झोला समातेका छन् ।
तर, सडकमा हिँडिरहेका व्यक्तिहरुले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । किनकी सबै काममा व्यस्त भएकाले टाउको नभएका मानिसतर्फ कसैको ध्यान गएको देखिँदैन यो पनि हेर्नुहोस्
अन्टार्कटिकाबाट विशाल बरफको पहाड टुक्रियो, विश्वभरी नै यस्तो असर पर्ने खतरा अन्टार्कटिकामा रहेको विशाल आइसबर्गको एक ठूलो टुक्रा चिप्लिएर समुद्रमा खसेको छ । यो आइसबर्गको साइज ५ हजार २ सय वर्ग किलोमिटर रहेको नासाले जनाएको छ । यो हिमखण्ड दक्षिण जर्जियातर्फ बढीरहेको छ । वैज्ञानिकलाई यस हिमखण्डले चिन्तामा पारेको छ ।
यसको यसको रफ्तार यही रहेमा समुद्रमा अगाडि बढीरहेका जीवनका लागि खतरा उत्पन्न हुने वैज्ञानिकले चेतावनी दिएका छन् । यो ठोस चट्टान निकै विशाल छ । अमेरिकाको न्यूयोर्क शहरभन्दा पनि करिब ७ गुणा ठूलो रहेका नासाले जनाएको छ वैज्ञानिकका अनुसार यो आइसबर्गले विश्वको वातावरणमा पनि निकै ठूलो असर पार्ने चेतावनी दिएका छन् । बढ्दो तापक्रमका कारण पृथ्वीमा रहेको हिँउ विस्तारै पग्लिने क्रममा छ । तापक्रम घटाउन विभिन्न पहल भए पनि सफल हुन भने सकिएको छैन ।बरफ टुक्रिनु सामान्य कुरा भए पनि यति विशाल पर्वत नै टुक्रिएकाले नयाँ खतरा उत्पन्न हुनसक्ने भन्दै वैज्ञानिक चिन्तामा परका छन् । यो चट्टानले समुद्रमा ठूलो सुनामी ल्याउन पनि सक्छ
प्रतिकृया दिनुहोस्