News

बारा र पर्साका थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो

काठमाडौं– नेपालमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बारा र पर्साका २–२ गरी थप ४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

सरकारी स्वामित्वको समाचार संस्था (रासस)का अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

राससले उल्लेख गरेअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले थप ४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका छन् ।

डा पाण्डेका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् ।

सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।

थप ४ जनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।

अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको डा पाण्डेले जानकारी दिए ।

Related Articles

Back to top button
Close