News

कुकुरमा पनि भेटियो कोरोना भाइरस (कोभिड-१९)

काठमाडौँ, १७ बैशाख | मानिसमा कोरोना भाइरस हुन्छ थाहा छ सबैलाई तर घरमा पालेको कुकुरमा पनि यो रोग हुनसक्छ कसैलाई मात्र थाहा होला ?

खबरको अनुसार अमेरिकाको नर्थ क्यारोलिनामा एक घरपालुवा कुकुरमा सार्स-कोभ-२ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सार्स-कोभ-२ त्यही भाइरस हो जसले गर्दा यो महामारी उत्पन्न भएको हो |

न्युयोर्कबाट प्रकाशित हुने टाइम म्यागेजिन अनुसार अमेरिकामा कुकुरलाइ कोरोना भाइरस भेटिएको यो पहिलो अमेरिकामा घटेको घटना हो | जसको घरमा उक्त कुकुर पालेको थियो त्येस घरको परिवारका बाबु, आमा र छोरामा कोभिड-१९ पोजिटिभ पाइएको छ।

कुकुरमा कोरोना भाइरस लागेको यो पहिलो घटना भने हैन, येसघी हङकङमा पनि कुकुरमा कोरोना भाइरस उसका मालिकबाट सरिसकेको छ |

Related Articles

Back to top button
Close