Sunday, January 24

रुपन्देहीमा जिपले दुई वटा मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु , २ घाइते

January 7, 2021 83

रुपन्देहीमा बोलेरो पिकअप जिपले दुई वटा मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रोहीणी गाउँपालिका-३ रामनगर स्थित भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासी तर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको बोलेरो पिकअप जिपले बिपरित दिशातर्फ आउँदै गरेका लु ३७ प ६७९८ र लु २१प ७८११ नम्बरका मोटरसाइकलाई बुधबार ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा लु ३७ प ६७९८ नम्बरको मोटरसाइकलमा सवार जिल्लाको स्याङ्जा गल्याङ्ग नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र २१ प ७८११ नम्बरकोे मोटरसाईकलका चालक रूपन्देहीको देवदह नगरपालिका-११ कदमीपुरका २३ वर्षीय असिम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

अधिकारीको भैरहवा मेडिकल कलेजमा र चौधरीको भिम अस्पताल भैरहवामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । यस्तै दुर्घटनामा परी पश्चिम नवलपरासी सुनवल नगरपालिका–१२ का २८ वर्षीय बिमल गैरे र देवदह नगरपालिका-११ कदमीपुर की २३ वर्षीय असिम चौधरी घाइते भएका छन् । सैनामैना खबर बाट साभार

प्रतिकृया दिनुहोस्