News

बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्पताल भर्ना

एजेन्सी,१८ वैशाख। बलिउडका चर्चित अभिनेता ऋषि कपुर बुधबार अस्पताल भर्ना भएका छन्। क्यान्सरसँग लडिरहेका ऋषि कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन् ।

भारतीय सञ्चारमाध्यमको अनुसार ऋषि कपुरलाई क्यान्सर र स्वास प्रश्वास सम्बन्धी समस्या छ । रनधीरले भने, ‘ऊ अस्पतालमा छ । क्यान्सर भएको उसलाई श्वास फेर्नमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो। हाल उसको अवस्था ठिक छु ।’ अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।

फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो । उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन् । उनका दाजु एवं अभिनेता रनधीर कपुरले भाइ अस्पताल भर्ना भएको पुष्टि गरेका हुन् । ‘ऊ अस्पतालमा छ। क्यान्सर भएको उसलाई श्वास फेर्नमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो। हाल उसको अवस्था ठिक छ’, रनधीरले भने।

Related Articles

Back to top button
Close