News

रहेनन् ऋषि कपुर, ६७ वर्षको उमेरमा निधन

काठमाडौं- बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ ।

क्यान्सरबाट पीडित उनको आज विहान निधन भएको बीबीसीले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनले उपचार गरेर फर्किएका थिए ।

Related Articles

Back to top button
Close