News

यस्तो दु:खदका साथ भयो बलिउडमा २ दिनमा २ ठुला अभिनेताको मृत्यु

काठमाडौँ । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुरकाे ६७ वर्षको उमेरमा बिहीबार निधन भएकाे हाे । २ वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि १ वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए । लामो समय देखि क्यान्सर रोगबाट पिडितरहेका उनको अवस्था गम्भीर भएपछि बुधबार राति नै मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना गरिएको भारतिय मिडियाले बताएको थियो । यता उनका दाजु एवं अभिनेता रनधीर कपुरले भाइ अस्पताल भर्ना भएको पुष्टि गरे संगै ऋषिलाई भेन्टिलेटरमा राखिएको खबरको भने खण्डन गरेका थिए । उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्‍सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।

सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका थिएनन् । त्यसअगाडि उनले दीपिका पादुकोणसँग फिल्म खेल्न लागेको घोषणा गरेका थिए । यो फिल्म हलिउड फिल्म ‘द इर्टन’को हिन्दी रिमेक हुनेछ । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ । ऋषि कूपर दिग्गज अभिनेता राज कपूरका छोरा हुन्। ऋषि कपूरले आफ्नो फिल्मी करियरको सुरुवात १९७३ मा बाबी फिल्मबाट गरेका थिए। त्यसपछि श्री ४२० र मेरा नाम जोकरमा उनी देखिए।

बुधबारमात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो । खानको बुधबार अन्तिम संस्कार गरिएको छ। स्वास्थ्य अवस्था गम्भीर बनेपछि कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसीयूमा इरफान खानलाई मंगलबार भर्ना गरिएको थियो। बुधबार नै खानको निधन भएको हो। उनको अन्तिम विदाईमा मात्र २० व्यक्ति उपस्थित भएका थिए। मुम्बईको भरसोभा कब्रस्तानमा स्थानीय समयअुनसार अपरान्ह ३ बजे खानको अन्तिम संस्कार भएको हो। उनको अन्तिम विदाईमा परिवार, नातेदार र नजिकका साथीहरुमात्र उपस्थित थिए। कोरोना भाइरसको प्रकोपबीच निधन भएपछि सानो संख्यामै उनको अन्तिम संस्कार गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। खानको कोलोन इन्फेक्सनका कारण निधन भएको जनाइएको छ। गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको निधन भएको थियो। उनकी आमा ९५ वर्षकी थिइन्।

Related Articles

Back to top button
Close