News

ऋषि कपुरको निधनले प्रधानमन्त्री नरेन्द्र मोदी दुखी, लेखे यस्तो स्टाटस

काठमाडौं – बिहीबार बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पिडित रहेका ऋषि कपुरको आज बिहान ६७ वर्षको उमेरमा निधन भएको हो । बुधबार इरफान खान र बिहीबार ऋषि कपुरको निधनले बलिउड अहिले शोकमा डुबेको छ । बिहीबार भएको ऋषि कपुरको निधनले त्रेरै कलाकारले दुख व्यक्त गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना भएका उनको निधनको खबरले भारतका सबै कलाकार तथा व्यक्तित्वहरु नै दुखित भए ।

उनको निधनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि दुखि भएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनको निधनमा दुख व्यक्त गरेका छन् । उनले ट्वीटरमा एक स्टाटस लेख्दै ऋषि कपूर क्षमताको पावरहाउस रहेकोबताएका छन् । ट्वीटरमा उनले फिल्मप्रति विशेष लगाव तथा देश विकासमा सधैँ ध्यान दिने गरेको बताउदै उनको निधनले दुख लागेको बताउका छन् ।

Related Articles

Back to top button
Close