Intresting

पर्सामा बिहे गरेर ल्याएको बेहुलिलाई एक युबकले मेरो गर्लफ्रेण्ड भन्दै बिच बाटोमै…बाटो छेकेपछी,

पर्सामा बिहे गरेर ल्याएको बेहुलिलाई एक युबकले मेरो गर्लफ्रेण्ड भन्दै बिच बाटोमै…बाटो छेकेपछी,
बिहे गरी बेहुलाको घरमा जाँदै गरेकी बेहुलीलाई बीच सडकमै रोकेर बेहुली आफ्नी प्रेमिका रहेको दाबी गर्ने एक युवक र उनका साथी प’क्राउ परेका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौताका सकलदिप साह तेली र उनका साथी मुन्ना आलमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौता निवासी सिकेन्द्र साहको घरमा सोमबार बेलुकी भारत बिहारको पूर्वी चम्पारण जिल्लाको आदापुरबाट बेहुला पक्ष जन्ती लिएर लिएर आएको थियो ।

सोमबार राति बिहे सकेर मङ्गलबार बिहान बेहुलीको घरबाट बेहुलीसहित भारत फर्किरहेका जन्तीलाई जगरनाथपुर गाउँपालिका ४ लक्ष्मीपुरस्थित गण्डक नहरको बाटोमा तेली र आलमले रोके ।

प्रत्यक्षदर्शीका अनुसार तेलीले उक्त विवाहमा बेहुली भएकी युवती आफ्नो प्रेमिका भएको र उनीसँग आफैँले बिहे गर्न पाउनुपर्ने भन्दै केही बेरसम्म जन्तीको गाडी नै रोकिदिए । स्थानीयले ती दुबै युवकलाई सम्झाउन खोज्दा उल्टै उनीहरुले स्थानीयमाथि हात”पात गर्ने प्रयास गरे ।

Related Articles

Back to top button
Close