Wednesday, January 20

मलेसियामा मेसिनले औला काटियो, तलबनै नदिई नेपाल फर्काइदै, सम्बन्धित निकाय मौन।

January 8, 2021 70

काठमाडौं := सिन्धुली ओभरसिस म्यानपावरबाट मलेसियाको बिएच मेटल पार्ट्स एसडीएन बिएचडी कम्पनीमा पुगेका सिरहाका प्रकास यादवको तीन महिना अघि काम गर्ने क्रममा मेसिनले हातको तीन वटा औला काटियो ।

हातको औला काटिएपछि उनलाई कम्पनी उपचार समेत नगरिदिएको यादवको गुनाशो छ । त्यसोत तीन महिनादेखि उनले काम समेत पाएनन् । म्यानपावर एजेन्टले प्याकिङमा भनेर पठाएको भएपनि मेसिन चलाउने काममा लगाएको र सोहि मेसिनले औला काटिएपछि काम गर्न नसक्ने भएको उनले बताए । हात काटिएपछि कम्पनीले दुई महिनादेखि तलब समेत नदिएको यादवले बताएका छन् ।

यादव आगामी १३ तारिकमा नेपाल फर्कदैछन् । उनलाई कम्पनीले मेडिकल अनफिट रिपोर्ट बनाएर नेपाल फर्काउन लागेको छ । उनले भने ‘मलाई आगामी १३ तारिकमा नेपाल फर्काउदैछ तर एएरपोर्टबाट घरसम्म पुग्ने पैसा समेत छैन ।’

आफू कम्पनीमा काम गर्ने क्रममै हातको औला काटिएपछि आवश्यक पहलको लागि सम्बन्धित म्यानपावर कम्पनीमा समेत खबर गर्दा कुनै समाधान नभएको उनले गुनाशो गरे । यस विषयमा वैदेशिक रोजगार बिभाग तथा मलेसिया स्थित दुतावासमा समेत दुई महिना अघिनै जानकारी गराएको यादवले जनाएका छन् ।

साझासबाल मिडियाले उनलाई उनको समस्यालाई हेर्ने निकाय वैदेशिक रोजगार बोर्डसँग गुनाशो राख्न नम्बरहरु उपलब्ध गराएको थियो तर त्यसमा पनि सम्पर्क नभएको उनले गुनाशो गरे । यसै सम्बन्धमा मिडियाबाट वोर्डको वेबसाइटमा उपलब्ध भएका नम्बरहरुमा फोन गर्ने प्रयास हुँदा दुवै नम्बरहरु उठेनन् । यादवको गुनाशो छ ‘अहिलेसम्म कसैले मेरो समस्यामा ध्यानाकर्षण गरेनन् ।

मैले श्रम स्वीकृति लिएर आएको हुँ, पठाउने म्यानपावरदेखि दुतावासले समेत मलाई स्पष्ट जवाफ दिन सकेको छैन । मैले कम्पनीबाट क्षेतिपूर्ति पाउने/नपाउने बिषयमा समेत कसैले मलाई स्पष्ट जवाफ दिन सकेनन् ।’

आफूले सम्बन्धित कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति नपाउने आशंका रहको यादवले बताए । कम्पनीले मेडिकल अनफिट भएको कारण देखाएर नेपाल फर्काउदैछ, क्षेतीपूर्तिको त कुरा छोडौं दुई महिनाको तलब समेत दिएको छैन ।

प्रतिकृया दिनुहोस्