Tuesday, January 19

प्रधानमन्त्री ओलीको कार्यक्रममा यि युवकले सोधे निर्मला पन्तको बला’त्कारी खै ?

January 8, 2021 60

धनगढी-धनगढीमा प्रधानमन्त्री ओलीको कार्यक्रममा एक युवकले निर्मला पन्तको बला’ त्कारी खै भन्दै प्रश्न गरेका छन् । युवकले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बला’त्कार गरी ह’त्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका छन्। उनले ‘निर्मला पन्तको बलात्कारी खै ? र निर्मलालाई न्याय दे’ लेखेको टि–सर्ट लगाएर सरकारलाई प्रश्न गरेका हुन।

बला’त्कार र ह’त्या प्रकरणको अहिले अनुसन्धान चलिरहेपनि अहिले सम्म ह’ त्यारा पत्ता लाग्न सकेको छैन् । धनगढीमा नेकपा ओली समूहको जनसभा सुरु भइसकेको छ। धनगढीस्थित खुुला मञ्चमा सुरु भएको सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा सम्बोधन गर्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्