Sport

फ्रेञ्च फुटबल लिगको उपाधि पिएसजीलाई दिइने

कोरोनाभाइरसका कारण स्थगित भएको फ्रेञ्च फुटबल लिग वानको उपाधि शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई प्रदान गरिने भएको छ।

फ्रान्सले सबै खेलकुद गतिविधिलाई आगामी सेप्टेम्बरसम्म विना दर्शकको रंगशालामा समेत गर्न नदिने गरी प्रतिबन्ध लगाएसँगै रोकिएको लिग वान यसअघि नै स्थगित गरिएको थियो।

यसअघि फ्रान्सको फुटबल संघले आगामी १७ जुनबाट लिग सुचारू गर्ने तयारी गरेको थियो। उसले लिग २५ जुलाईमा सकेर सिजन अन्त्य गर्ने बताएको थियो।

फ्रेञ्च लिग १३ मार्चमा अनिश्चितकालका लागि स्थगित भएको थियो।

लिगमा साविक विजेता पिएसजीले दोस्रो स्थानको मार्सेलीसँग १२ अंकको अग्रता लिएको अवस्था थियो।

Related Articles

Back to top button
Close