News

नेपालगन्जको करिव ३० घरको आँगनमा रातको समयमा भेटियो काँचो मकै, स्थानीय त्रसित

बाँके, १८ बैशाख । कोरोना महामारी फैलिएपछि नेपालमा विभिन्न ठाउँमा भने अचम्म अचम्मका घटना फेला परेका छन् । त्यसै त कोरोनाको संत्रासले सर्वसाधारणलाई गाँजिरहेको बेला झन् शंकास्पद घटनाहरु घट्नुले कम्जोर मानासिकतालाई अझ धेरै कम्जोर बनाएको छ । कहिँ बाटोभरी पैसा छरिएको पाइएको छ भने कहिँ घरको आँगनमा मकै भेटिएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका–१८ मिलिजुली टोलमा रातको समयमा घरको आँगनमा मकै भेटिएपछि त्रास फैलिएको छ । सबै सुतेपछि अज्ञात व्यक्तिले घरको आँगनमा काँचो मकै फालेर गएको पाइएको स्थानीयले बताएका छन् ।

स्थानीय मनोज डिसीका अनुसार झण्डै ३० घरको आँगन र करेसाबारीमा काँचो मकै फेला परेको छ । उक्त टोलको कुनै पनि घर बाँकी नराखी मकै फालिएको उनले बताए ।
‘कसैको घरमा प्वाँख फालेको मकै त कसैकोमा प्वाँख नफालेको मकै फेला परेका छन्,’ उनले भने, ‘डरले प्रहरीलाई खबर गर्‍यौँ।’

घरघरमा फालिएको मकै जिल्ला प्रहरी कार्यालयको टोलीले उठाएर लगेको छ । स्थानीयलाई त्रास फैलाउने उद्देश्यले मकै फालिएको हुन सक्ने बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।

स्थानीयको आँगन र करेसाबारीमा फालिएको मकै परीक्षणका लागि पठाउने तयारी भइरहेको र यसमा संलग्न व्यक्तिको खोजी भइरहेको सिंहले बताए ।

Related Articles

Back to top button
Close