Wednesday, January 27

माक्स बिना युवतीसंग तस्बिर लिँदा राष्ट्रपतिलाई ३५ सय अमेरिकी डलर जरिवाना

January 8, 2021 61

एजेन्सी । चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई मास्क बिनाको सेल्फी फोटोको कारण ३५ सय अमेरिकी डलर जरिवाना गरिएको छ।

यसै डिसेम्बर महिनाको सुरूवातमा एक महिलासँग खिचेको मास्क बिनाको उक्त सेल्फीका कारण वहाँले जरिवाना तिर्नुपरेको जनाइएको छ।

मास्कस नलगाएको राष्ट्रपति पिन्येरा र तस्वीर खिचाउने महिलाका उक्त फोटो सामाजिक संजालमा समेत भाइरल बनेको थियो ।

मास्कबिनाको तस्वीर भाइरल भएपछि राष्ट्रपतिले कोरोना रोकथामसम्बन्धी नियमहरू पालना गर्न आफू चुकेको स्वीकार्दै माफी मागेका थिए। कोरोना महामारी नियन्त्रणका लागि चिलीको सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य छ।

प्रतिकृया दिनुहोस्