काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्यधिक बढेसँगै वातावरण विभागले अत्यावश्यक कामबाहेक साँझ र बिहान बाहिर ननिस्कन आग्रह गरेको छ । ‘बिहान बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको छ’, विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवम् दम, खोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुरोगीलगायत दीर्घ रोगीहरू बढी प्रभावित हुने भएकाले बाहिर ननिस्कन अपिल गरेका हौँ
वायु प्रदूषणले काठमाडौंमा आँखा पोल्ने तुवाँलाे:घरबाहिर निस्कनै परेमा विशेष सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ । प्रवक्ता जोशीले हालको प्रदूषण मौसमी कारणले भएको बताए । ‘अहिले कलकारखाना र सवारीसाधन धेरै चलेको पनि छैन’, उनले भने, ‘मौसमका कारण प्रदूषण बढेको हो ।’
उनका अनुसार सोमबारको तुलनामा मंगलबारको मौसम सुधार हुनुका साथै प्रदूषणको मात्रा केही घटेको छ । ‘एक/दुई दिनभित्रमा प्रदूषणको मात्रा नघटेमा विद्यालय, कलकारखाना बन्द गर्ने र सवारी जोरबिजोरमा चलाउनेसम्मको योजना बनाएका छौँ’, उनले भने ।
वायु प्रदूषण भएको ठाउँमा कोरोना संक्रमितको मृत्यु हुने सम्भावना पनि बढी:विभागले फोहोरजन्य प्लास्टिकहरूका कारण थप प्रदूषण बढ्ने भएकाले नबाल्न पनि अनुरोध गरेको छ । यस्तै अवस्था भएपछि गत वर्ष भारतको राजधानी नयाँ दिल्लीवासीलाई त्यहाँको सरकारले ५० लाख मास्क वितरण गरेको थियो । वायु प्रदूषणले गम्भीर स्वास्थ्य संकट सिर्जना गर्न थालेपछि दिल्ली सरकारले जनस्वास्थ्य संकटकाल समेत घोषणा गरेको थियो ।रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण जोखिमको तहमा पुगेको छ ।
एक्यूआईका अनुसार अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायु प्रदूषण सूचकाङ्क न्यूनतम ३ सय ५९ छ भने अधिकतम ४ सय ८ छ । एक्यूआईमा ३ सय १ भन्दा माथिको संख्या देखिनु भनेको उच्च जोखिमको संकेत हो ।
यसअगाडि कात्तिक २०७६ मा एक युरोपेली संस्थाले प्रकाशित गरेको एक रिपार्टमा काठमाडौं संसारका प्रदूषित राजधानीमा काठमाडौं सातौँ स्थानमा थियो । सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्यूआईले सोमबार ७.४५ बजे काठमाडौंको एक्यूआई ४८७ पुगेको देखाएको छ ।
प्रतिकृया दिनुहोस्