International

चीनले सगरमाथामा पुर्यायो फाइभ-जी नेटवर्क

काठमाण्डौ – चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा फाइभ-जी नेटवर्क पुर्याएको छ ।
चाइना डेलीकाअनुसार ६ हजार ५ सय मिटरको उचाइमा मोबाइलको फाइभ-जी सेवा सुरु भएको छ । यो काम चाइना मोबाइल र हुआवेईले संयुक्त रुपमा गरेका हुन् । तिब्बत तर्फको भू-भागबाट गएको चिनियाँ टोलीले फाइभ-जी नेटवर्क जडान गरेको हो ।

यसको लागि चौँरी गाई र चिनियाँ भरियाले एन्टेना, सोलार लगायतका सामान ओसारेका थिए ।

योसँगै अब सगरमाथामा पनि फाइभ-जी सेवा सुरु भएको र यसले वैज्ञानिक अध्ययन, वातावरणको रेखदेख र सगरमाथामा हुने गतिविधिको अनुगमनमा सहज हुने चाइना डेलीले जनाएको छ ।

Related Articles

Back to top button
Close