Wednesday, January 27

नेपालको यति ठूलो शो मा जज तथा कोच बन्दै गायिका मेलिना राई

January 8, 2021 74

ठूलै हल्लाखल्लाका साथ सुरु भएको ‘द भ्वाइस अफ नेपाल’ले खुब चर्चा पनि कमायो। कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘रियालिटी शो’ले धेरै प्रतिभालाई अवसर पनि दियो। जब सिजन-२ को घोषणा भयो, एकाएक यो शो विवादमा तानियो।

‘सरप्राइज’सहित घोषणा भएको सिजन-२ मा नयाँ कोचका रुपमा राजु लामा र आस्था राउत ‘इन’ भए, पुराना कोच सनुप पौडेल र अभया सुब्बा बाहिरिए। बाँकी दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेल यथावत् रहे।

कान्तिपुर टेलिभिजनबाट हिमालयन टेलिभिजनमा सरेको शो पटक पटक बिवादमा आइरहन्छ।

अहिले सिजन ३ को तयारी भइरहँदा पनि सो विवादमा तानिएको छ । अहिले सोबाट आस्था राउत आउट भएकी छन् । सिजन २ चलिरहँदा “म भ्वाइसको कोच हुँ, त डण्ठे” भनेर प्रहरीलाई गरेको गाली खुब भाइरल भएको थियो । त्यतिबेला नै उनलाई निकाल्ने गाइगुई हल्ला चलेको थियो ।

अहिले मेलिना राई इन भएकी छिन् । आस्थालाई निकालेर मेलिनालाई राखेको भनेर बजारमा हल्ला चल्न थालेको छ तर एक टेलिभिजनमा अन्तर्वार्ता दिदै आस्थाले कोरोनाको कारणले आफुले समय दिन नसकेको बताएको छिन् ।

प्रतिकृया दिनुहोस्