News

लकडाउनले विश्वभर गर्भवती बढे

एजेन्सी । कोरोना भाइरसको त्रा’सका कारण विश्वभर गरिएको लकडाउनले गर्ववतीहरुको संख्या निकै बढेको एक अध्ययनले देखाएको छ । यूनाइटेड नेशन पपुलेशन फण्ड (यूएनएफपीए) र सहयोगीद्वारा जारी तथ्यांक अनुसार, कोभिड–१९ महामारीका क्रममा लागू गरिएको लकडाउन र स्वास्थ्य सेवाहरुमा रुकावटका कारण आगामी दिनहरुमा ७० लाख अप्रत्याशित गर्भाधारण देख्न सकिनेछ। अध्ययनका अनुसार, विश्वभरमा निम्न र मध्यम आय भएका ११४ देशहरुमा करिब ४५ करोड महिलाहरु गर्भनि’रोधक उपाय प्रयोग गर्दछन्।

महामा’रीका क्रममा लागू गरिएको लकडाउन र स्वास्थ्य सेवाहरुमा रुकावटका कारण निम्न र मध्यम–आय भएका देशहरुमा ४ करोड ७० लाख महिलाहरु आधुनिक गर्भ–निरो’धक उपायहरुको प्रयोग गर्नमा सक्षम नभए कारण यस्तो नतिजा आउने बताइएको छ। संक’टका क्रममा महिलाहरुको पहुँच परिवार नियोजन वा अप्रत्या’शित गर्भाधारण, लैंगिक हिं’सा र अन्य हा’निका’रक तथा कु’प्रथामा अधिक वृद्धि हुन सक्ने एजेन्सीहरुको ठहर छ।

यूएनएफपीएकी कार्यकारी निर्देशक नतालिया कानेमका अनुसार, यो नयाँ आँकडाले कोभिड–१९को भयावह प्रभाव विश्वभरका महिलार केटीहरुमा देख्न सकिनेछ। ‘कोरोनाको महामा’रीले असमानता बढाइरहेको छ र लाखौँ अन्य महिला एवम् केटीहरुलाई आफ्नो परिवार नियोजनको क्ष’मता र आफ्नो शरीर एवम् स्वास्थ्यको सुरक्षा गर्ने क्षमताका लागि जोखिम सिर्जना गरिरहेको छ।’ एजेन्सीहरुलाई उनले भनेकी छिन्।

Related Articles

Back to top button
Close