January 9, 2021 40
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालको दुरुपयोग गरेको भन्दै उनलाई सामाजिक सञ्जाल चलाउन रोक लगाइएको छ ।
जे पायो तेही लेखेको भन्दै ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइदिएको छ ।
ट्वीटरले यसबारे जानकारी दिँदै लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई मध्यनजर गर्दै हिं सा भ ड्का ए को र जोखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’
यसअघि पनि ट्वीटरले ६ जनवरीमा डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टलाई १२ घण्टाका लागि प्रतिबन्ध लगाइदिएको थियो ।
उनको फेसबुक पेजपनि निलम्बनमा परेको छ । सामाजिक सञ्जालमा उनलाई अब टिकटक बनाएर बस्न प्रयोगकताले सुझाव दिएका छन् ।
प्रतिकृया दिनुहोस्