International

कोभिड १९ बिरुद्धका ९५ प्रकारका भ्याक्सिन विकासका क्रममा, कस्ले मार्ला बाजी ?

तपाईले कोभिड १९ का भ्याक्सिन परीक्षण भइरहेका समाचारहरु त सुन्नु भएकै होला । यदि सुन्नुभएको छ भने तपाईले सही सुन्नुभयो । अहिलेसम्म कोभिड १९ सम्बन्धित ९५ प्रकारका भ्याक्सिनहरु विकाशका क्रममा छन् । र, केहीको परीक्षण पनि सुरु गरिएको छ ।

अमेरिकामा कोभिड १९ बिरुद्धको भ्याक्सिनको पहिलो परीक्षण मार्चको दोश्रो साता गरिएको हो । त्यो यता ९५ प्रकारका भ्याक्सिनहरु विकाशको क्रममा छन् भने केहीको परीक्षण पनि सुरु गरिएको छ । त्यस्तै २५४ थेरापीहरु पनि विकाशको क्रममा छन् ।

अहिले भ्याक्सिनहरुको परीक्षण भएपनि यो वितरणसम्म आइपुग्दा १२ देखि १८ महिनासम्म लाग्नसक्ने बताइएको छ । तर अधिकांश क्लीनिकल परीक्षणहरु सफल हुन मुस्किल हुने भएकाले उक्त समयअवधिमा पनि भ्याक्सिन आउनेमा आशंका रहेको छ । किनभने शोधकर्ताहरुलाई रकम जुटाउन, स्वीकृति पाउन र भागभागमा अध्ययनका लागि बर्षौसम्म लाग्ने गरेको छ ।

१८ महिनाभित्र भ्याक्सिन उत्पादनको टाइमफ्रेम बनाउने हो भने दौडमा सकेजति घोंडाहरुलाई राख्नुपर्ने बताउँछन् डाक्टर पिटर होजेज । उनी बेलोर कलेज अफ मेडिसिनमा नेशनल स्कुल अफ ट्रपिकल मेडिसिनका डिन हुन् । अहिलेसम्म एफडीएले सम्पूर्ण औषधी परीक्षमा जम्मा १० प्रतिशतलाईमात्र स्वीकृति दिने गरेको छ, बाँकी ९० प्रतिशत असफल हुने गरेका छन् ।

दशकौंदेखि भ्याक्सिन उद्योगमा काम गरेर सेल बायोलोजिस्ट रोबर्ट भ्यान एक्जनले सन् २०२१ वा २०२२ भन्दा अगाडि भ्याक्सिन स्वीकृत हुननसक्ने बताउँछन् । तेज दौडका कारण अहिले परीक्षणमा रहेका अधिकांश भ्याक्सिनहरु असफल हुने अनुमान गर्छन् उनी ।

एउटा फ्रेन्च बायोफार्माच्युटिकल कम्पनी सानोफीले अबको केही महिनामा कोभिड १९ बिरुद्धको भ्याक्सिन परीक्षण गर्ने अपेक्षा गरिएको छ । सफल भएमा यो भ्याक्सिन सन् २०२१ को अन्त्यसम्ममा तयार हुनसक्ने बताइएको छ ।

पहिलो चरणमा सानो समुहमा भ्याक्सिनको परीक्षण गरिन्छ । त्यसको नतिजा आउन केही महिना लाग्छ । त्यसपछि दोश्रो चरणमा केही सय व्यक्तिमा परीक्षण गरिन्छ । केही महिनामा नतिजा हेरेपछि केही हजारमा परीक्षण गरिन्छ । त्यसपछिमात्र स्वीकृतिका लागि अरु चरणहरु पूरा गर्नुपर्छ ।-खसोखासबाट

Related Articles

Back to top button
Close