News

ट्रम्पले भने – ‘कोरोनाभाइरस चीनको ल्याबबाट फैलिएको हो, मसँग प्रमाण छ’

काठमाडों – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या तिव्र गतिमा बिढिहेको छ । चीनको वुहानबाट फैलन शुरु गरेको कोरोना भाइरसले अहिले विश्वका ठुला देशहरुमा बढी प्रभाव पारेको छ ।

विश्वभरमा सबैभन्दा बढी अमेरिकामा कोरोनाभाइरसले प्रभाव पारेको छ । अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या तिव्र गतिमा बढी रहेको छ । यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई कोरोनाभाइरस फैलाएको आरोप लगाउदै आइरहेका छन् । उनले कोरोनाभाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको बताएका छन् । अमेरिकी जासुसी एजेन्सीले कोरोनाभाइरस जानीबुझी उत्पन्न नभएको बताउदै गर्दा ट्रम्पले भने चीनको वुहानको प्रयोगशालाबाटै कोरोना फैलिएको दाबी गरेका छन् ।

एक अन्तवार्तामा ट्रम्पलाई पत्रकारले प्रश्न गरे कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ् भायरोलोजीबाटै फैलिएको हो भनेर आत्मविश्वासका साथ कसरी भन्न सक्नुहुन्छ रु के तपाईँसँग कुनै प्रमाण छ रु ट्रम्पले भने अवश्य मसँग छ । चीनको प्रचारप्रसार गरिरहेकोमा विश्व स्वास्थ्य सङ्गठनलाई लाज हुनुपर्ने हो । डब्ल्यूएचओ चीनको पब्लिक रिलेशनको रुपमा काम गरिरहेको छ ।’ ट्रम्पले अन्तवार्तामा चीनको ल्याबबाट कोरोनाभाइरस फैलिएको प्रमाण रहेको बताएका हुन् ।

अमेरिकामा हालसम्म कोरोनाको संक्रमणबाट ६३ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १० लाख ९५ हजार नाघेको छ ।

Related Articles

Back to top button
Close