Video

हजारौं ताली पाएको गायिका ज्योती मगरको एक अन्तर्वाता …(भिडियो)

काठमाडौं १५ साउन / नेपाली सांगीतिक दुनियाँमा बिशेष गरि लोक तथा दोहोरी क्षेत्रमा चिरपरिचित नाम हो ज्योति मगर । गायिका मगरले आजभन्दा करिब १३ बर्ष अगाडि सांगीतिक क्षेत्रमा पाइला टेकेकी हुन् । रोल्पाको सामान्य परिवारमा हुरेकिएकी गायिका ज्योती मगर बेला बेलामा विवाद र चर्चामा आइरहने व्यक्ति पनि हुन् ।

सार्वजनिक कार्यक्रम मेला महोत्सव देखि अन्तर्वार्ताहरुमा खुलस्त रुपले प्रस्तुत हुने गायिका मगर केहिसमय अगाडि पहिरनका कारण धेरैनै विवादमा मुछिएकि थिइन् ।

कोरोना महामारी चलिरहेको बेला जन्मगाउँ रोल्पमा ४ महिना लामो समय बिताएर राजधानी फर्केकी उनी यतिबेला गीत रेकर्डिङ र भिडियो सुटिङमा व्यस्त छिन् ।

हिन्दु नारीको महानपर्व हरितालिका तीजलाई लक्षित गरेर तीज गीत बजारमा ल्याउने होडबाजी चलिरहेको बेला गायिका मगरले पनि २ वटा नयाँ गीत बजारमा ल्याइसकेका छन् । गीत संगीत सँगै ज्योति मगर अन्तर्वातामा पनि व्यस्त देख्न सकिन्छ ।

यसअघिका हरेक अन्तर्वाताहरुमा फरक शैलीबाट प्रस्तुत हुने गायिका मगर मेरो अनलाइन टिभी को एक अन्तर्वातामा समसामयिक बिषयदेखि लिएर आफ्नो वीगतलाई पस्कने कोसिस गरेका छन् । धेरै जसो कमेन्टहरुमा गाली खाइरहने ज्योति मगरको पछिल्लो अन्तर्वार्ता हेर्नेहरुले ताली बजाएका छन् ।

अन्तर्वार्ता हेर्नुहोस् ।

 

Related Articles

Back to top button
Close