News

हे भगवान के हुदै छ नेपालमा यस्तो। ६। जनाको रह स्यमय मृ त्यु पछिल्ला मृ त्तकको कोरोना परीक्षण गरिने

महोत्तरी, १८ बैसाख । महोत्तरीमा चार जनाको रहस्यमय मृत्यु भएको चर्चा सेलाउन नपाउँदै थप दुई जनाको ज्यान गएको छ ।मंगलबार चार जनाको रहस्यमय रुपमा मृत्यु भएको २४ घण्टाभित्रै थप दुई जनाको रहस्यम रुपमै मृत्यु भएपछि स्थानीय मात्र चकित भएका छैनन् घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु नै अलमलमा परेका छन् ।मंगलबार रहस्यमय रुपमा मृत्यु भएका चार जनाको मृत्युको अनुसन्धान चलिरहेका बेला महोत्तरीको भंगहा नगरपालिका–७ मेघनाथ गोरहन्नामा थप दुई जना मृत्यु भएपछि झन् रहस्य बढेको स्थानीइ बताउँछन् ।बुधबार राति स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र

बिहीबार दिउँसो स्थानीय ५५ वर्षका सिताई महराको मृत्यु भएको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले जानकारी दिएका छन् ।सोही टोलका मंगलबार स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मंगलबार साँझ र बुधबार बिहान मृत्यु भएको थियो ।सोही बस्तीमा झण्डै एकसाता अघि ५५ वर्षका महेन्द्र चौधरीको समेत मृत्यु भएको थियो । योसँगै एक सातामा मेघनाथ गेहन्ना टोलमा सात जनाको मृत्यु भएको मेयर साहले जनाएका छन् ।उनीहरुको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि

मृत्युको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन । बुधबारसम्म मृत्यु भएका पाँचै जनाको शव दाहसंकार गरिसकिएको छ ।बिहीबार राति मृत्यु भएका ३२ वर्षका सिकिन्दर सिंहको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको वडाध्यक्ष बासुदेवसिंह थारुले जानकारी दिएका छन् ।एक–एक गरी टोलमा मृत्यु हुन थालेपछि स्थानीय त्रसित भएका छन् । बुधबार बिहान मृत्यु भएका गंगाराम सदाको शव प्रहरीले नियन्त्रणमा लिन जाँदा स्थानीयले उनको दाहसंकार गरिसकेका थिए कोरोना परीक्षण गरिनेएक सातामा रहस्यमय रुपमा मृत्यु भएकाको वास्तविक कारण खुल्न नसकेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।‘रक्सीले मृत्यु भएको आशंका गरिए पनि रक्सी नखाएका केही व्यक्तिको पनि मृत्यु भएको पाइयो । उनीहरुलाई उपचारको लागि लग्दा डाक्टर उपचार गर्न डराउँछन्’, उपरीक्षक अधिकारीले सुनाए ।उनीहरुको के कति कारणले मृत्यु भएको छ भन्ने विषयमा पत्ता लगाउन बुधबार राति मृत्यु भएका सिकिन्दरको शवलाई पोस्टमार्टम गर्नुका साथै काेराेना परीक्षण समेत गरिने उपरीक्षक अधिकारीले जानकारी दिएका छन् ।

Related Articles

Back to top button
Close