News

रणबिरलाई आफ्नो बाबुको मृ’त्यु भएको पत्यार लागेकै छैन, त्यसैले त एकटकले बाबुको अनुहार हेरिरहे…!

एजेन्सी, १९ बैशाख । भारतीय सिनेमाले प्रतिभाशाली कलाकार इरफान खानलाई गुमाएको भोलिपल्टै अभिनेता ऋषि कपुरलाई पनि गुमाएपछि सम्पूर्ण बलिउड यतिबेला शो’कमा डुबेको छ ।

कोरोनाका कारण जारी रहेको देशव्यापी लकडाउनले गर्दा दिल्लीमा रहेकी ऋषिकी छोरी रिद्धिमा कपुर र उनको परिवार अ’न्त्येष्टिमा सहभागी हुन पाएन । २४ जनामात्र उनको अ’न्तिम सं’स्कारमा उपस्थित हुन पाए ।

अहिले ऋषि कपुरको अ’न्त्येष्टि अघिका केही तस्वीर सामाजिक सञ्जालमा देखा परेका छन् । ती तस्वीर भावुक बनाउने किसिमका छन् ।

तीमध्ये एक तस्वीरमा ऋषि कपुरका छोरा एवं अभिनेता रणवीर कपुर आफ्नो बुवालाई एकटकले हेरिरहेको देख्न सकिन्छ ।

उनी टाउको निहुँराएर उभिरहेका छन् र निकै संवेदनशील देखिन्छन् । उनलाई बाबुले संसार छाडेर गएको विश्वास नभएको जस्तो भावमा देखिन्छ । अर्को एक फोटोमा आलिया भट्ट देख्न सकिन्छ । तस्वीरमा उनी पनि रोइरहेकी छन् ।

प्लेन चार्टर्ड गर्ने अनुमति नपाएपछि लकडाउनका कारण दिल्लीबाट बाबुको अ’न्तिम दर्शनका लागि मुम्बई आउन नपाएकी ऋषिकी छोरी रिद्धिमा कपुरलाई भिडिओबाट अन्तिम दर्शन गराउने क्रममा आफूलाई सम्हालन नसकेपछि उनी रोएकी छिन् ।

रणवीरका बाबु ऋषि कपुरलाई छोराको विवाह हेर्ने र नातिनातिना खेलाउने ठूलो रहर थियो तर उनको अचानकको मृ’त्युले उनको यो इच्छा अधुरै भयो ।

ऋषि कपुरको दा’ह’सं’स्कार स्थानीय समय अनुसार साँझ ३ बजे भएको थियो । प्रशंसकहरूको सम्भावित भीडलाई हेर्दै मुम्बई प्रहरीले उनको अ’न्तिम सं’स्कार भएको घाट आउने तीन वटा बाटो बन्द गरेको थियो ।

Related Articles

Back to top button
Close