Intresting

अब नेपालमा मासिक ८ हजार तिर्नुस् कार लिनुस्

नेपालका लागि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रालिले गाडी किन्ने ग्राहकका लागि नयाँ सुविधा सहितको अफर ल्याएको छ । ‘चुनौतीलाई सामना गर्दै बढ्नु छ अगाडि, हिम्मत छ, हौसला छ, हट्ने छैन कदम पछाडि’ भन्ने नारा दिइएको उक्त अफरमा मासिक किस्ता ८ हजार ४२७ रुपैयाँ तिरेर हुण्डाई सन्ट्रो गाडी किन्न सकिन्छ ।

कम्पनीका अनुसार पहिलो वर्षको अटो किस्ताको मासिक ८ हजार ४२७ रुपैयाँ मात्र तिर्नुपर्ने जनाएको छ । जसमा गाडी किन्दा ५० प्रतिशत ऋण र ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ । पहिलो वर्षमा कम्पनीले आफै आधा किस्ता तिरदिन्छ भने ग्राहकले मासिक ८ हजार ४२७ रुपैयाँ तिरे पुग्छ । त्यसैगरी दोस्रो वर्षमा भने मासिक १७ हजार ५०० रुपैयाँ बुझाउनु पर्ने हुन्छ । सन्ट्रो इराको बजार मूल्य २३ लाख ९६ हजार रुपैयाँ छ ।

यसैगरी, ३० लाख ५६ हजार पर्ने ग्रान्ड आइटेन गाडी मासिक १० हजार ८८३ तिरेर गाडी चढ्न सकिन्छ । जसमा ५० प्रतिशत डाउनपेमेन्ट तिर्नुपर्ने हुन्छ । यस्तै, क्रेटाको मासिक १७ हजार २१४ रुपैयाँ किस्ता तिरेर पहिलो वर्ष चढ्न सकिने अफर पनि ल्याएको छ । यी गाडीमा ८ वर्षसम्मका लागि फाइनान्सको सुविधा उपलब्ध छ । साथै, २०७७र७८ सालको सडक कर पनि कम्पनीले नै तिरिदिन्छ । यसका साथै, स्वास्थ्यकर्मीहरूका लागि पनि विशेष छुट ल्याएको कम्पनीले जनाएको छ ।

सुजुकी नेपालको लागि आधिकारिक बिक्रेता सिजी आई मोटाकर्पले पनि मासिक १७ हजार ९४६ रुपैयाँ ईएमआई तिरेर गाडी चढ्न सक्ने सुविधा ल्याएको छ । साथै, नयाँ अफरमा ६ लाख २४ हजार ७५० रुपैयाँ डाउन पेमेन्टको सुविधा छ । जसमा ग्राहकले १७ हजार ९ सय ४६ रुपैयाँ तिरे पुग्छ ।

Related Articles

Back to top button
Close