International

श्रीलंकाले दाबी गर्दै भन्यो ‘लंकाका राजा रावणले विश्वमा पहिलो जहाज उडाएका हुन्, राइट दाजुभाइले होइन’ उडाएका हुन्, राइट दाजुभाइले होइन’

एजेन्सी । दश शिर भएका भनिएका रावण रामायणको एक पात्र हुन । सृष्टिकर्ता ब्रम्हाका पनाति, पुलस्त्यका नाति र विस्रवाऋषिका छोरा रावण शिवका परम भक्त तथा नारायणका कट्टर विरोधी रावण रामायणमा खलपात्रको रुपमा रहेको भएतापनि उनको श्रीलंकामा निकै श्रद्धा गर्ने गरिन्छ ।

दस मनुष्यको जति बुद्धि र दसजना मान्छेको जति बल भएका भनिएका रावणले नारीको अपमान गरेकाले पतन भएको भन्ने विश्वास छ । लंका भन्ने देशका राजा रावण फेरी एक पटक चर्चामा छन् । उनलाई चर्चामा ल्याउने काम श्रीलंकाले गरेको हो ।

श्रीलंकाले विश्वमा सबैभन्दा पहिले विमान उडाएका राइट दाजुभाईको रेकर्डलाई चुनौती दिँदै विश्वमा सबैभन्दा पहिले विमान उडाउने व्यक्ति रावण भएको दाबी पेस गरेको छ । श्रीलंका सरकारले आजभन्दा ५ हजार वर्ष पहिले रावणले पहिलोपटक विमान उडाएको दाबी गर्दै त्यसलाई प्रमाणित गर्न लागिपरिरहेको जनाएको छ ।

श्रीलंकाले आफुहरुसँग धेरै तथ्यहरु रहेकाले पाँच वर्षभित्र दुनियाँको पहिलो जहाज रावणले उडाएको प्रमाणित पनि गरेर देखाउने जनाएको छ । श्रीलंका सरकारले आजभन्दा ५ हजार वर्ष पहिले रावणले पहिलोपटक विमान उडाएको भन्दै एक विज्ञापन नै प्रकाशित गरेर रावणसँग सम्बन्धित दस्तावेजहरु शेयर गर्न आफ्नो देशका नागरिकलाई अपिल समेत गरेको छ ।

Related Articles

Back to top button
Close