Friday, January 22

मोरङमा स्कूल बसले शिक्षिकालाई ठक्कर दियो, शिक्षिकाको मृत्यु

January 9, 2021 114

एक शिक्षिकालाई स्कूल बसले ठक्कर दिएको छ । उनको घटनास्थलमै मृत्यु भएको छ । यो घटना मोरङको हो । शिक्षिका मोटरसाइकलको पछाडि बसेकी थिइन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उक्त दुर्घटना मोरङको कानेपोखरी–रंगेली सडकखण्डमा भएको हो । उनी सवार मोटरसाइकललाई कानेपोखरी–६ मा रहेको बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको बसले ठक्कर दिएको थियो को ८ प ७३६३ नम्बरको शिक्षिकाका भाइले चलाएका थिए ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार मोरङको रंगेली नगरपालिका–९ बेलचोककी ४० वर्षीय दीपा भट्टराई (नेपाल) को घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

दीपा रंगेली–९ स्थित बालज्योति बोर्डिङ स्कुलकी संस्थापक एवं सहायक प्रिन्सीपल हुन् । साना किसान सहकारी संस्था दर्वेसाकी अध्यक्षसमेत रहेकी उनी सहकारीकै कार्यक्रममा बेलबारी पुगेर घर फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

दीपाका भाई विकल भट्टराईले मोटरसाइकल चलाएका थिए । उनी पछाडि बसेकी थिइन् । दुर्घटनामा परेर विकल पनि घाइते भएका छन् । मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ गइरहेको थियो । बस पनि सोही दिशातर्फ जाँदै थियो ।

बस विद्यार्थीलाई घर पुर्‍याउन गएको थियो । यसैक्रममा बस पछाडि सार्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्