News

‘भ्रष्टाचार विरोधी’ उप-सचिव प्रेम सञ्जेल माथि कार्यकक्षमै आ’क्रमण

विराटनगर : श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं नेपाल सरकारका उप–सचिव प्रेम प्रसाद सञ्जेलमाथि शनिबार आफ्नै कार्य कक्षमा आ,क्रमण भएको छ । भ्र’ष्टाचार वि’रोधी अभियन्ता एवं सरकारी कर्मचारीको छवि बनाएका सञ्जेलमाथि कार्यालयका सहयोगी कर्मचारीहरु नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कु’टपिट गरेको प्रहरीले जनाएको छ ।

दुवै जना कार्यालयका करारका कर्मचारी हुन् । दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्र’हार गरेको प्रहरीको भनाइ छ। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कु’टपिटमा संलग्न दुवै जनालाई नि’यन्त्रणमा लिएर कारबाही अघि बढाउन घ’टनाको अनुसन्धान सुरु गरिएको बताए ।

कु’टपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चो’ट लागेको र ओठ फु’टेर रग’ताम्य भएको प्रहरीले जनाएको छ । सञ्जेलले आफूहरुलाई काममा धेरै पेलेको, त’नाव र दुःख दिने नियत राखेको, बारम्बार गा’लीगलौज गर्ने गरेका कारण कु’ट पिट गरेको उनीहरुले प्रहरीलाई बताएका छन् । कु’टपिटमा संलग्न दुवै जना शनिबार बिहान १० बजेतिर कार्यालयमा आइपुगेका थिए ।

त्यतिबेलै आइपुगेका सञ्जेललाई उनकै कार्यकक्षमा चु’क्कुल लगाएर आ,क्रमण गरिएको प्रहरीले जनाएको छ। सञ्जेल सबै सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्ने गर्छन् । पत्येक दिन राति ८÷९ बजेसम्म उनी सधैं कार्यालयकै काममा व्यस्त हुन्छन् । घटनाका प्रत्यक्षदर्शी एवं स्थानीय व्यापारी रेवतीप्रसाद अधिकारीले घटना देखेपछि छुट्याउन गएको बताए ।

ढोकाको चु’क्कुल लगाएर एकोहोरो आ,क्रम’ण गरेका कारण छुट्याउन नपुगेको भए अप्रिय घ’टना पनि हुन सक्ने अवस्था रहेको उनको भनाइ छ । छुट्याउन जानेहरुको शरीर र लगाएका कपडा सञ्जेलको अनुहार र ओ’ठ फु’टेर निस्किएको र’गतले र’गताम्य भएको अधिकारीको भनाइ छ । कु’टपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ ।

कु’टाई खाएको बताए पनि सञ्जेलबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन । सरकारी कार्यालयमा हुने भ्र’ष्टाचार र घुस खोरी वि’रूद्ध सं’घर्षरत उपसचिव सञ्जेलललाई २०७५ असोज ११ गते उक्त कार्यालयको प्रमुखका रुपमा पठाइएको थियो । तर कर्म चारीका नेता र केही व्यापारीको दबाबमा ७० दिनमै उनको सरुवा सरकारले पुस ५ गते व्यावसायिक सीप तथा तालीम प्रतिष्ठानमा इटहरी ग¥यो ।

उपसचिव सञ्जेलले आफूलाई गैरकानूनी र अन्यायपूर्ण व्यवहार गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा २०७५ फागुन १७ गते रिट निवेदन दायर गरेका थिए। कार्यअवधि नपुगी अन्यायपूर्वक गरिएको सरूवाबारे सरकारले सुन्दै नसुनेपछि उनी सर्वोच्च पुगेका थिए । रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले निजामती कर्मचारी ऐनविपरीत सरुवा गरेको ठहर गर्दै सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

सरुवा कानुनसम्मत नदेखिएको सर्वोच्चको ठहर थियो । त्यसपछि उनी २०७५ फागुनमै श्रम तथा रोजगार कार्यालय विराटनगरमा हाजिर भएर काम थालेका थिए । भ्रष्टा’चार वि’रुद्धमा निक्कै आ,क्रमण हुने उनी आफू भ्र’ष्टाचार नगर्ने र आफ्नो कार्यालयमा कार्यरत कोही पनि कर्मचारीलाई भ्रष्टाचार गर्न नदिने बताउँछन् । निक्कै खरो स्वभावका सञ्जेल कार्यालयमा हुने ढिलासुस्तीको पनि विरोधी हुन्। काममा झारा टार्ने, ढिलासुस्ती गर्ने, घुस खाने र सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह नगर्ने कर्मचारीलाई उनले तत्कालै जागिर बाट हटाउने गरेका छन् ।

Related Articles

Back to top button
Close