News

आगनसँगै जोडिएको आफन्तका घरमा सुतिरहेका ६ जनाको पहिरोमा पुरिएर ज्या न गयो, गाउँकै एक जना अझै बे पत्ता

५० वर्षीय गोरख जेठारा अघिल्लो दिन ६ जना आफन्तको म ला मी गए। अर्को दिन उनले गाउँ नै छाडिदिए। असार १९ गते राति आएको पहिरोले बझाङको केदारस्युँ गाउँपालिका-८ मा रहेको उनको घरखेत सबै बगाइदियो। आगनसँगै जोडिएको आफन्तका घरमा सुतिरहेका ६ जनाको पहिरोमा पु रिएर ज्या न गयो। गाउँकै एक जना अझै बेपत्ता छन्। अघिल्लो दिन सबै गाउँले आ-आफ्नै काम गरि फर्केका थिए। बेलुकाको खाना खाएर सुतेका थिए।

त्यो रात बाहिर पानी परिरहेको थियो। दुई छोरी, दुई छोरा र श्रीमतीसहित गोरखको छ जनाको परिवार माटोको गा ह्रोले चिनेर ढुंगाले बनेको घरको पाणमा सुतिरहेको थियो। बीचको तलामा रासन र सामान राखिएको थियो। भुइँतलाको गोठमा दुई गाई, एक भैंसी र दुई हल गोरु थिए। ‘राति साढे १२ बजेतिर ठूलो आवाज आएर म ब्युझेँ,’ गोरखले भने। सुरूमा त उनलाई भू कम्प आएजस्तो लाग्यो।

‘मुटु थ र्किन थाल्यो। शरीर काँप्न थाल्यो। मलाई साह्रै ड र लाग्यो,’ उनले भने। अहिले पनि आकाश चम्किँदा उनलाई त्यो दिनको घटनाले झस्काउँछ। उनी टर्च लिएर बाहिर निस्किए। यताउति हेरे। चारैतिर अँध्यारो थियो। पानी दर्केको थियो। माथि उकालोतिरबाट लेदोजस्तो बाक्लो भेल घरतिर आइरहेको देखेर उनी आ त्तिए।

‘अब बाँच्नु पर्छ भनेर श्रीमती, केटाकेटी, उठाएर दौडिहाल्यौं,’ उनले भने। घरबाट ३०-४० मिटर पर पुग्नासाथ पहाड खसेजस्तरी आएको पहिरोले उनकोसहित अरू २१ घर बगाइहाल्यो। अरू गाउँले पनि ज्यान जोगाउन अन्धाधुन्द भागाभाग गर्न थालेका थिए। उनको परिवार पँधेरोनेर पुग्यो। केही ज्या न जोगाउन जिउलातिर गएका रहेछन्।

‘बाँचुला भन्ने लागेको थिएन। कसैलाई होस थिएन, कोही कता, कोही कता भा ग्यौं,’ उनले भने। त्यहाँ बस्न सुरक्षित नभएपछि उनीहरू राति नै केही परको स्कुलमा पुगे। एक-दुई घन्टापछि बिहान हुन थाल्यो। गोरख र अरूहरू आ-आफ्ना घरसामान खोज्न फर्के। उनको घर कहाँनेर थियो ठम्याउनै गा ह्रो भो। ‘पल्लो घर आधा भत्केको हुनाले त्यसकै छेउमा घर थियो भनेर थाहा पाएँ,’ उनले भने।

केही गर्ने आँट नभएपछि गोरख पनि भक्कानिएर रुन थाले। उनको घरको आँगनसँगै जाडिएको पटे जेठाराको घर थियो। पटेको घरमा सुतेका पाँचै जना आफन्त च्यापिएका रहेछन्। गाउँका अरू दुई जना पनि हराएपछि गाउँमा रूवाबासी सुरू भयो। ‘बिहानैबाट हराएकाको खोजीमा लाग्यौं,’ उनले भने। ९ बजेतिर प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको उद्धार टोली पुग्यो। गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलगायत वरपरका मान्छे आए। अध्यक्षले गण्डकी बजारमा बचेको रासन ल्याएर दिए। २२ परिवारले एक-एक बोरा चामल, दुई-दुई किलो दाल, दुई-दुई पोका तेल, नुन र चिनी तत्कालै पाए।

घटनापछि तीन दिनसम्म बेपत्ता भएकाहरुको खोजी भयो। तीन दिन खोज्दा ६ जनाको श व भेटियो। एक जना अझै फेला परेका छैनन्। श व भेटिएका दुई जनाको गण्डकी गाडमा चिता जलाइयो। बाँकी केटाकेटीलाई लहरै खाडल बनाई गाडियो। ‘पहिले गाउँमा मान्छे मरे सेतीमा लग्थ्यौं। बाटो खराब भएपछि उनीहरूलाई त्यहाँ पनि लिन सकेनौं,’ उनले भने। मलामीबाट फर्केर गोरख गाउँ छोडेर अन्तै सरे। उनी घडायनमा रहेका भाइको घरमा बस्दै आएका छन्। काजकिरिया ३ परिवारले गरे। एकको ला स भेटिएको छैन उनीहरू थप शोकमा छन्।

सोही पहिरोमा परिवारका चार सदस्य गु माएका पटे बोहरा घटना हुँदा भारतमा थिए। दुई दिनपछि आइपुगेका उनी क्वारेन्टिनमा बसेर हप्ता दिनपछि मात्र गाउँ पुग्न पाए। उनले परिवारको मुख हेर्न पनि पाएनन्। परिवारको भविष्यको लागि भारतको पिथौरगढमा मजदुरी गर्ने पटेले ४३ वर्षीया श्रीमती रामतीदेवी जेठारा, १६ वर्षीया छोरी शान्तिकुमारी जेठारा, १३ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीया छोरी अस्मिता जेठारालाई सधैंको लागि गुमाए। पहिरोले उनको परिवारका सबै सदस्यको ज्यान सँगसँगै घरखेत जग्गा जमिन कहिल्यै नफर्किने गरी लग्यो।

आजकाल उनी बेसुर छन्। उनलाई त्यो घटनाले जीवनभरि खुसी नफर्किने चोट, पीडा दिएको छ। अहिले उनी झोता बजारमा आफन्तकोमा बसिरहेका छन्। पीडित परिवारलाई घटना भएको तेस्रो दिन गाउँपालिका र केही संघसंस्थाबाट परिवारका सबै सदस्यलाई दुई-दुई जोर लुगा मिलेको थियो। ‘ओढ्न कम्मल, ओच्छ्याउन तन्ना र चप्पल पनि सहयोग पायौं,’ गोरखले भने। हेलिकप्टरबाट संघ र प्रदेश सरकारले पनि केही दिनका लागि खाद्यान्न, कम्बल र त्रिपाल पठाएका थिए। अहिले उनी बसिरहेको भाइको घरमा अप्ठ्यारो हुन थालेको छ।

मल्लेसीमा भएको उनको दुई नालीमध्ये एक नाली खेत पनि बगायो। त्यहाँ घर बनाउन मिल्ने पनि छैन। उनको अन्त जमिन छैन।‘अब कहाँ जाने समस्या छ,’ उनले भने। गोरखलाई दिनभरि टुलुटुलु हेरी बस्नु परिरहेको छ। उनका केटाकेटी पानी पर्नेबित्तिकै फेरि पहिरो आउँछ कि भनेर डराउँछन्। ‘हाम्रो घर कहिले जाने भनेर केटाकेटी सोध्छन्,’ उनले भने। केही दिनलाई खान पुग्ने रासन सहयोगदाताले दिएका छन्। अहिले उनलाई आवासको निकै जरूरत छ। ‘बस्न कतै खाली जमिन भए पाल हालेरै बस्छु, अब,’ उनी भन्छन्।

मल्लेसीका पहिरो प्रभावितलाई आवासमा सहयोग गर्न पहिरो प्रभावित व्यवस्थापन समिति बनाइएको छ। त्यस समितिका अध्यक्ष सुरेश जेठाराले विभिन्न संघसंस्था, व्यक्ति र सहयोगदाताबाट दश लाख रुपैयाँ संकलन भइसकेको बताए। समितिमा आएको पैसाले प्रभावितको आवासका लागि रकम प्रदान गरिने उनले बताए। अहिले पूर्ण रूपमा विस्थापित २२ मध्ये १२ परिवार नजिकैको विद्यालयमा बस्दै आएका छन् भने अरु आफन्तकोमा बसिरहेका छन्।

आंशिक क्षति पुगेका र जोखिममा रहेका अरू ३८ परिवारका अरू पनि साँझ अन्तै बस्न जाने गरेका सुरेशले बताए। एक वर्षअघि मात्र बिजुली बाल्न पाएको सो वडाका बासिन्दा गण्डकीगाड लघु जलविद्युत आयोजना पनि बगेपछि टर्चकै भरमा रात काट्ने गरेका छन्। ‘खानेपानीको मुहान भत्केकाले मूलको पानी खाने गरेका छौं,’ उनले भने। केदारस्युँ गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष गणेशबहादुर बोहराले प्रदेश सरकारससँग व्यवस्थित बसाइ र घर निर्माणका लागि पहल गर्ने बताए।

गाउँपालिकाले तत्कालका लागि रासन, लत्ताकपडा उपलब्ध गराएको भए पनि ठूलो बजेट नभएकाले समस्या रहेको उनको भनाइ छ। सात घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको भए पनि बाटो नभएकाले माथि लिन नसकिएको वडा अध्यक्ष बोहोराले बताए। ‘अहिले सामान ढुवानी हुन नसकेकाले तत्काल पुनःस्थापनाको सम्भावना छैन,’ उनले भने।

दीर्घकालीन रूपमा प्रभावितलाई कहाँ बसाउने भनेर निर्णय भएको छैन। जिल्ला विपद् व्यवस्थापनको कोषबाट विस्थापित भएकामध्ये २० घरधुरीलाई १० हजारका दरले नगद दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी राम सार्कीले बताए। विस्थापित भएकामध्ये २ घरधुरीको नाम विवरणमा छुटेकोले अहिलेलाई २० घरधुरीलाई मात्रै उक्त रकम दिएको सार्कीले बताए।

यस्तै ज्यान गुमाएका ४ मध्ये ३ परिवारलाई पनि १-१ लाखका दरले नगद रकम दिइसकेको उनले बताए। एक परिवार सदस्य भारतमा भएकोले उनलाई दिन नसकेको सार्कीको भनाइ छ। विस्थापित भएका प्रतिपरिवारलाई घर निर्माणबापत् ५० हजार दिने गरी प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयको खातामा पैसा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी सार्कीले जानकारी दिए। घर निर्माणका लागि जग्गा छनौटको काम नभएका कारण उक्त रकम पनि वितरण नभएको उनले बताए। विस्थापित भएका परिवारहरू भने, गास, बासको टुंगो नभएपछि अहिले कहाँ जाने भन्ने समस्या रहेको बताउँछन्।

Related Articles

Back to top button
Close