News

कक्षा १० मा पढ्ने कुशलले दाजुसँग मिलेर बनाए यस्तो कार, १५ दिनमा कार तयार भएपछि सबै दंग

प्रकाश ढकाल/ चितवन – वर्ष १५ का कुशल पौडेल एसई दिने तयारीमा थिए । कोरोनाका कारण देश लकडाउन भयो। दिन भर घर भित्रै थुनिदा उनलाई केहि गरम भन्ने लाग्यो । सोच्दा सोच्दै उनलाई कार बनाउने सोच आयो। यो कुरा कुशलले आफ्ना दाइ सफल लाइ सुनाए। सफल इलेक्ट्रिकल इञ्जिनिएरिङ्ग पढ्दैछन। उनको बुवा खेम पौडेल र आमा सर्मिला पौडेल पुराना इलेक्ट्रिक व्यवसायी हुन्। सानै देखि दुवै दाजुभाई सृजनशील काममा लागिरहन्थे।

भाइको कुरा सुने पछि सफल पनि निक्कै उत्साहित हुँदै कार बनाउने योजना आफ्ना बुवा आमालाई र मामा हुमराज रेग्मी संग सल्लाह गरे। अभिभावकको सकारात्मक सल्लाहा बमोजिम यी दुइ दाजुभाइले उत्साहित हुँदै सामाग्री जुटाउन सुरु गरे।

योजना त बन्यो तर सामाग्री जुटाउन सजिलो थिएन। एक त कोरोना महामारी अर्को भनेजस्तो सामान पाउन मुस्किल थियो। तर जहाँ इक्ष्य तहाँ उपाय भनेजस्तै सामाग्री पनि जुट्न थाल्यो।झन्डै दुइ लाखको लगानीमा १५ दिनको निरन्तर प्रयास स्वरुप कार निर्माण भयो। कारको परिक्षण पनि सफल भयो।

कारमा पल्सर मोटर्साइकलको इन्जिन प्रयोग गरिएको कुशलले ओएस नेपालसँगको कुराकानीका क्रममा बताए । सो इन्जिन पेट्रोल बाट चल्दछ भने अरु सिस्टम सोलार पाओर बाट चल्दछ। १८० सी सी क्षमता भएको इन्जिन बाट ३ जाना सजिलै चढ्न सकिने कुशल बताउछन।मोटर्साइकलको इन्जिन मा ब्याक गियर नविन प्रयोग भएको सफल बताउछन। प्रति घण्टा २० किलो मिटरको गतिले कार कुदेको दाजु भाइको अनुभव रहेको छ। अवसर पाएमा आधुनिक डिजाएनका कारहरु निर्माण गर्न आफुहरु सक्षम रहेको उनीहरु दावी गर्दछन।

समाज भित्र यस्ता धेरै प्रतिभावान क्षमता भएका बालबालिकाहरु ओझेलमा पेरका हुन सक्दछन। राज्यले यस्ता प्रतिभाहरुको बेलैमा पहिचान गर्न जरूरी छ। र उचित वातावारण तयार पारिदिने हो भने हाम्रो देश आत्मानिर्भर बन्दै जानेछ ।

Related Articles

Back to top button
Close