News

कोरोनाको उत्पत्ति भएको चीनमा आजदेखि स्कुल खुला, भाइरस सर्न नदिन यसरी विद्यार्थीलाई सुरक्षा कवच लगाइयो

काठमाडौं । कोरोनाभाइरसको मुहान चीनमा शुक्रबारदेखि स्कुल खुलेका छन् । कोरोना संक्रमण घट्दै गएपछि चीन सरकारले स्कुल कलेज सञ्चालन गर्ने निर्णय गरेको हो ।चीनको हुबेई प्रान्तको वुहान सहर कोरोनाबाट धेरै प्रभावित भएको थियो । साढे चार हजारले ज्यान गुमाएका थिए भने ८० हजार बढी संक्रमित भएका थिए ।

एक साताअघि नै सरकारले वुहानमा लकडाउन हटाएर सहर खुला गरेको थियो । सहर खुला भएसँगै भीडभाडमा नहिँड्न सरकारले रोक लगाएको छ । बजार, कलकारखाना सञ्चालन हुन थालेका छन् ।

यस बीचमा चीन सरकारले एक मिटरको दूरी कायम राख्न विद्यार्थीहरुलाई विशेष प्रकारको टोपी लगाउने निर्णय गरेको थियो । आजदेखि सञ्चालन भएको स्कुलमा अध्ययनरत विद्यार्थीका लागि अनिवार्य मास्क र अनुहार छोप्न भाइजरको व्यवस्था गरिएको छ । भाइजरमा सिसा लगाइएको छ । विद्यार्थीलाई हेर्न र पढ्न सहज पारिएको छ ।

Related Articles

Back to top button
Close