International

कोरोना संक्रमित १०७ बर्षीया बृद्धा जसले पाइन् ‘नयाँ जीवन’

काठमाडौं – कोरोना संक्रमित नेदरल्याण्डमा १०७ वर्षीया बृद्धाले नयाँ जीवन पाएकी छन् ।

चर्चमा सहभागी हुनेक्रममा कर्नेलिया नाम गरेकी ती बृद्धालाई स्वास्थ्यमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो ।

सो क्रममा उनलाई गत मार्च ६ तारिख कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । लगातारको अस्पताल बसाईपछि उनमा कोरोना भाइरस निको भएको नेदरल्याण्डका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

डच पत्रिका एडीलेका अनुसार दक्षिणपूर्वी टापूमा कर्नेलियालाई राखिएको नर्सिङ होममा अरु ४० जना संक्रमितको उपचार भइरहेकोमा १२ जनाको मृत्यु भएको छ ।

१०७ वर्षको उमेरमा पनि कोरोना संक्रमणलाई जित्ने उनी संसारकै सबै भन्दाबढी उमेरको व्यक्ति भएको दावी समेत गरिएको छ ।

Related Articles

Back to top button
Close