Sunday, January 24

देशभरका का’र्यकर्तालाई ओ’लीको ठा’डो नि’र्देशन: ‘ज’हाँ स’क्नुहुन्छ त्यहाँ प्र’चण्ड–नेपालको ध’ज्जी उ’डाउनूस्, बे’ई’ज्जत गर्नुस्’

January 9, 2021 75

देशभरका का’र्यकर्तालाई ओ’लीको ठा’डो नि’र्देशन: ‘ज’हाँ स’क्नुहुन्छ त्यहाँ प्र’चण्ड–नेपालको ध’ज्जी उ’डाउनूस्, बे’ई’ज्जत गर्नुस्’
काठमाडौं। नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालको जहाँ जति सक्यो त्यति धज्जी उडाउन कार्यकर्तालाई निर्देशन दिएका छन् काठमाडौंमा भएको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “साथीहरु ! जहाँ सक्नुहुन्छ त्यहाँ उनीहरुको धज्जी उडाउनुस् । यिनीहरुलाई हैसियत देखाउनुपर्छ ।”प्रचण्डले पहिले सूर्य चिह्न छाडेको भन्दै अहिले किन खोजेको भन्दै आ’क्रोश व्यक्त गरे ।

न्यायपालिकामा जागिर खाएकै भरमा सडकबाट फै’सला दिने ?प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीशप्रति आ’क्रोश व्यक्त गरेका छन् ।काठमाडौंमा भएको एक कार्यक्रममा उनले यस्तो आ’क्रोश व्यक्त गरेका हुन् ।“न्यायालयमा एकपटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउन मिल्छ ?,” उनको प्रश्न थियो, “एकजना वकिलले वर्तमान र भविष्य सम्झेर फैसला गर्नू भनेर ध’म्क्याएछन् । के भनेको त्यो ? न्यायाधीशलाई ध’म्क्याउने ?”

उनले अति जान्ने सुन्ने अजासु केही निस्किएर संवैधानिक इजलासले हुँदैन भनेका छन् भन्दै आक्रोश व्यक्त गरे ।“कुन संविधानले भन्यो ?,” उनले भने, “हण्डीबाट चलेका बिकाउ व्यक्तिबाट न्यायालय प्रभावित हुँदैन । न्यायालयले संसद् पुनःस्थापना गर्दैन ।”केपी ओलीलाई निकाले भन्नु मच्छरले हात्तीलाई खानुजस्तै हो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कहाँबाट निष्कासित गरेको भनेर प्रश्न गरेका छन्।

शनिबार राजधानीमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई प्रश्न गरेका हुन्।‘उहाँहरूले मलाई पार्टीबाट निकाल्नुभयो रे ! म सोध्न चाहन्छु, मलाई कहाँबाट निष्कासित गर्नुभयो, माइतीघर मण्डलाबाट ?’, ओलीले प्रश्न गर्दै भने,‘कहिले कहिले मच्छरले हात्ती खान्छ। केपी ओलीलाई निकालें भन्नु त्यस्तै हो।’

माइतीघरमा बस्दाबस्दा खाजा खान कार्की बैंकेट गएको बेला माधवकुमार नेपाल अध्यक्ष भएको भन्दै उनले कमेडियन शो हेर्न सुझाए। ‘कुन महाधिवेशनबाट माधव नेपाल अध्यक्ष भएरु कठैबरा बिचरा।

कार्की बैंकेटमा भोज खान जानुभएछ। त्यहाँ कसैले तपाईंनै अध्यक्ष हो है कमरेड भनेछ। त्यसपछि अध्यक्ष रे१’, ओलीले भने, ‘यस्तो मजाकले राजनीतिक हाकिन्छ देशको ? पार्टी अध्यक्ष हुनलाई महाधिवेशन हुनुपर्दैन ? यी पद लोलुप, रिमोटबाट चलेका तत्वको ध्वजी उडाउनुहोस्। उनीहरुबाट जनतालाई मुक्त गराउनुहोस्।’

चिन्ह हाम्रो हो भनेर निर्वाचन आयोगमा जाँदा लाज लाग्नुपर्दैन।त्यस्तै, ओलीले प्रचण्डले सूर्य चिह्न मेरो भन्न नमिल्ने बताए। हामी मात्र आधिकारिक हो यसो भन्न प्रचण्डलाई लाज हुनुपर्ने उनको भनाइ छ।‘सूर्य चिह्न पाऊँ भनेर निर्वाचन आयोगमा जान प्रचण्डलाई लाज हुनुपर्दैन ? प्रचण्ड सूर्य चिह्नमा कहिल्यै लडेका छन् चुनाव ? अर्कै चिह्नबाट चुनाव लडेकाले सूर्य चिह्न मेरै हो भन्न मिल्छ ?’, ओलीले भने।

उनले यो भन्दा मजाक अर्को नहुने बताए। २०७४ को चुनावअघि एउटै चुनाव चिह्नमा लडौं भन्दा नमानेका प्रचण्डले अहिले सूर्य चिह्न मेरो भनेको भन्दै आश्चर्य व्यक्त गरे।

प्रतिकृया दिनुहोस्